• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

सल्यानका ३ लोकदोहोरी कलाकारले ल्याए मौलिक ‘झ्याउरे गीत’ (भिडियो सहित)


जेठ १९, सल्यान । सल्यानका ३ लोकदोहोरी कलाकारले एउटा झ्याउरे गीत सार्वजनिक गरेका छन् । सल्यान जन्मघर भई हाल काठमाडौंलाई कर्मथलो बनाउदै आएका चर्चित गायक कृष्ण रेउले, शक्ती चन्द र गायिका शान्ता बस्नेतको आवाजमा रहेको ‘साईली’ बोलको गीत सार्वजनिक भएको हो ।

सल्यान जिल्लाको बिषेश चिनारी मध्यमा रहेको “झ्याउरे गीत” पछिल्लो समय लोप हुँदै गएको छ । अहिले नेपाली मौलिक लोकगीतलाई केहि कलाकारले जोगाउन खोजेको देखिएपछि यी कलाकारले पनि झ्याउरे गीतलाई जोगाएका छन् ।

गीतमा समग्र मध्यपश्चिलाई समेट्न खोजिएको छ । उहिले बाजेका पालामा हुने मेलापात वा रोधी बस्न जाँदा गाइने गीतलाई झ्याउरेमा उतारिएको छ । गीतको पहिलो शब्दमा भनिएको छ, ‘घोराबारे साइँली खर काटे खरौली, भीरमा नजाउ जाक्केर मरौली’

गीतमा झ्याउरे नाच देखाइएको छ । गीत गायक कृष्ण रेउलेको युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको शब्द कृष्ण रेउले र शक्ति चन्दको रहेको छ ।

झलक संगितमले यरेन्ज गरेको यस गीतलाई शंकर बिसिले निर्देशन गरेका छन् । गीतको म्युजिक भिडियोमा गायक र गायिका स्वयम आँफैले अभिनय गरेका छन् । दुर्गा पौडेलको छायाङ्कन र नवीन घर्ती मगरको सम्पादन रहेको छ ।

रेउले र बस्नेत सल्यान शारदा नगरपालिका १ निवासी हुन भने चन्द बागचौर नगरपालिका ६ कोटबारा निवासी हुन् ।

यस्तो छ भिडियो 

 

को हुन् कृष्ण रेउले

जिल्लाको शारदा नगरपालिका १ शन्तिनगरमा वि.स. २०३८ साल भदौँ २१ गते बुबा बालाराम रेउले र आमा केशु रेउलेको कोख बाट जन्मीएका कृष्ण रेउले चर्चित राष्ट्रिय गायकको रुपमा चिनिन्छन । निकै लामो समय गीत संगितमा सङघर्ष गरेका रेउलेले यो क्षेत्रमा आउन निकै कष्ट गरेको बताउछन् ।

वि.स. २०५५ सालमा १६ बर्षको उमेरमा रेडियो नेपाल बाट स्वर परिक्षा पास गरेर सल्यान बाट झरेको माया, मलाई छोडी काहाँ जान्छेउ निर्माया भन्ने बोलको गीत पहिलो पटक रेकर्ड गराएका थिए । जुन गीत गाउदाँ रेडियो नेपालले उनलाई रु ६०० पारिश्रमिक दिएको र गीतका लागी आर्थिक लगानी नलागेको उनि बताउछन् ।

अहिले सम्मा अनगन्ती गितहरुमा आवाज दिइसकेका रेउलेले आफ्नै व्यक्तिगत एल्बम ३५४० ओटा निकालेको र ति सबैमा आफनो आवाज भरेको बताउछन् । रोधी धाउनाले, खानालाइ तितो छ करेली, डाडै काटी जाउ बरु निर्माया, यहि त होला माया भनेको, आज गाउँमा बिजुली चम्क्यो, गाउँमा हल्ला चल्यो, डोल्पा जाने रेल गाडी लगाएतका चर्चित गीतहरु उनले गाएका छन् ।

रेउले पनि सल्यानका पुराना गायकमा गनिन्छ् । उनी अहिले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव हुन् । यनले लोकगीतबाट थुप्रै अवार्डहरु समेत हात पारेका छन् ।

उनी भन्छन्– “म यो क्षेत्रमा आउन धेरै दुख गरेको छु । यो यात्रामा महाभारत हुन्छ भन्नुपर्छ । मेरो काठमाडौको बसाई अर्काको घरमा नोकर काम गरेर रेडियो नेपालमा स्वर परिक्षा पास गरेको त्यो अबस्था थियो । त्यो बेलामा काठमाडौ त्यति गाह्रो थियो हामिहरुको लागी संझदा अझै ताजै लाग्छ ।” यो स्थान सम्मा आफु आउनुमा गुरु र आमाको साथ रहे पनि आफू कहाँ पुग्ने हो त्यो सफलता को लागि आफलेै सङ्घर्ष गर्नुपर्ने उनि बताउछन् ।

को हुन शक्ती चन्द 

जिल्लाको बागचौर नगरपालीका ७ कोटबारामा वि.स. २०४७ साल माघ १ गतेको दिन बुबा दान बहादुर चन्द र आमा शोभा कुमारी चन्द चन्दको कोख बाट जन्मीएका शक्ति चन्द राष्ट्रिय कलाकार तथा सल्यानका टप्पा गायकको रुपमा चिनिन्छन् ।

आफ्नो धर्म, कर्म, जात सबै गीत संगीत नै ठानेर यो क्षेत्रमा अहिले सम्मा रहेको बताउने चन्दले सल्यानको विभिन्न मौलीकपन झल्कीने खालका टप्पका, सालैजो, रोईला गीत पनि गाएका छन् । २०६४ साल देखि १७ बर्षको उमेर बाट गीत गाउन थालेका उनले अहिले सम्मा आफ्नो आवाजमा करिब एक सय भन्दा धेरै गीत गाइसकेका छन् ।

“धुर्ब तारा झैँ” बोलको गीत पहिलो पटक गाएका चन्दले पल पल झल्को आएर, चट्ट साइली, म त बगर ढुङगे बालुवा, रनपुत्ली गाईका, पिरती को जुवा, औँठी तोलाको, गल्कोटे लगाएतका चर्चिच गीत गाइसकेका छन् । चन्द यो स्थान सम्मा आउनलाई घर परिवार र साथीभाइहरुको सहयोग मिलेको बताउछन् ।

सानै देखि नै गीत संगित तिर रुचि भएका चन्द पहिलो पटक सल्यान बाट काठ्माण्डौ जाँदा खुसीले रात्रि बसमा पनि ननिदाई काठमाण्डौ पुगेको विर्सन नसकिने क्षेण भएको बताउछन् । अब यो क्षेत्र छोडेर अर्को क्षेत्रमा लाग्न नसकिने बताउने चन्दले पछिल्लो समय गित संगीत भने अलि धमिलिएको बताउछन् ।

सल्यानीहरुका लागी आफ्नै खालको परमपारगत भाषा, भेग, संस्कृती, धार्मिक, पर्यटकीय ठाउँ झल्कीने खालको रनपुत्ली गाइका एउटा बाछो एउटा बाछि जस्ता गीत गाएका उनी अब त्यस्तै खालका अन्य गीत ल्याउने तयारीमा रहेका छन् ।

यसअघि प्रकाशित  राष्ट्र हाक्ने सल्यानका ५ गायक समाचारको सम्पादित अंश, रेउले -चन्द:

प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते शनिवार