• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

विप्लवले कारवाही गरेपछि पदम राई ओली–प्रचण्डको नेकपामा प्रवेश गर्दै


जेठ १९, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कारवाही गरेका पोलिटब्यूरो सदस्य पदमबहादुर राई ‘विकास’ सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । राईलाई आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी प्रवेश गराउन लागेका हुन् ।

राईलाई पार्टीले पार्टी नीति र हितविरुद्ध गतिविधिमा संलग्न रहेको पाइएको जनाउँदै महिना दिनअघि बसेको विप्लव नेकपाको स्थायी समितिको बैठकले निलम्बन कारवाही गरेको थियो । विप्लव स्रोतका अनुसार राईलाई निलम्बन कारवाही गरिएको पार्टीको सबै तहमा परिपत्र समेत गरिसकेको थियो । तर सच्चिने मौका अवधिमा राखिने भन्दै कारवाहीको निर्णय सार्वजनिक नगरिएको स्रोतको बतायो ।

राईले पार्टीको नीतिविपरीत अनधिकृत पात्र र क्रान्तिविरोधी पक्षसँग साँठगाँठ गरेको भन्दै निलम्बन गरिएको थियो । सरकारले हठात रुपमा विप्लवमाथी प्रतिबन्ध लगाउने निर्णय गरेदेखि नै राई पार्टीबाट टाढा र गुपचुप बस्दै आइएका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार