• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा ट्राफिक नियम पालना नगर्ने सवारीबाट ४५ लाख भन्दा धेरै राजश्व संकलन


जेठ १९, सल्यान । सल्यानमा यो आर्थिक बर्षको १० महिनाको अबधिमा ट्राफिक नियम पालना नगर्ने सवारीबाट ४५ लाख भन्दा धेरै राजश्व संकलन भएको छ ।

२०७५ साउन महिनादेखि २०७६ बैशाख मसान्तसम्म सवारी कारबाहीबाट ४५ लाख ४४ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ । जसमा नियम पालना नगरेर कारबाहीमा पर्ने ७ हजार ९ सय ५० सवारी रहेका छन् ।

मापसे गरेर सवारी चलाउने, ओभरलोड राख्ने, कागजपत्र नबोक्ने, हेलमेट नलगाउने लगाएतका सवारीसाधनलाई जरिवाना गरेर उक्त राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले लेकाली अनलाइनलाई बताए ।

यसैबिच सल्यानमा यो १० महिनाको अवधीमा ८४ वटा सवारी साधन दुर्घटना भएका छन् । दुर्घटना हुनेमा सबैभन्दा धेरै मोटरसाईकल रहेका छन् । प्रहरीका अनुसार १० महिनामा ४० ओटा मोटरसाईकल मात्रै दुर्घटना भएका छन् ।

त्यसैगरी उक्त अवधीमा जिप १६ वटा, ट्याक्टर ११, बस ९ र ट्रक ५ वटा दुर्घटना गरी जम्मा ८४ वटा दुर्घटना भएको ट्राफिक प्रमुख शर्माले बताए । यी दुर्घटनाबाट  अहिलेसम्म १५ जनाको मृत्यु भैसकेको उनले बताए । जसमा १० जना पुरुष, ४ महिला र नाबालक रहेका छन् । दुर्घटनामा परि १७ जना गम्भीर र १ सय ३० जना सामान्य घाईते भएको उनले लेकाली अनलाइनलाई जानकारी दिए ।

यसअघिको सम्बन्धित समाचार: सल्यानमा १० महिनाको अबधिमा ८४ वटा सवारी दुर्घटना, १५ जनाको मृत्यु

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार