• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

छिन्चु–जाजरकोट सडक खण्डमा दैनिक सुख्खा पहिरो, यात्रुलाई सास्ती


दुर्गा विसी/ जेठ १९, सल्यान ।

छिन्चु–जाजरकोट सडक खण्डको सल्यान सल्लीबजार देखि सुर्खेत पोख्रे सम्मको सडक खण्ड जिर्ण बनेको छ । सडक जिर्ण हुदाँ आवत जावतमा सास्ती बढेको छ ।

आर्थिक वर्ष २०६८/०६९ मा २० किलोमिटर सडकको काम आशिस निर्माण सेवाले पार्टस पार्टसमा सडक वटासिलको काम गरेका थिए । थोरै लागतमा धेरै काम गर्नुपर्दा छिटै वटासिल उम्किएको कम्पनी प्रतिनीधी हेमराजे वलीले बताएका छन् ।

त्यसैकारण सल्यान सल्लीबजार देखि पोख्रे सम्मको यात्रा सर्वसाधारण नागरिकका लागि कष्टकर बन्ने गरेको छ । मुख्य सडक माथि खन्नदै गरेका स्थानीय सडकका कारण यो सडक दिनप्रदिन जिर्ण वन्दै गएको छ ।

बनगाड कुपिण्डेको बालुसँग्रहि र सल्लीवजारको विच भाग खण्ड बाँगिरह नजिकै सुख्खा पहिरोलो दिनदिनै सडक अवरुद्ध गर्ने गरेको छ । बनगाड कुपिण्डे नगरपालिकाको जेसिविको सहायताले प्रत्येक दिन उक्त सडक सुचारु गर्ने काम भएको छ । े

नेपाल प्रहरी, नेपाली सेना र नगरको जेसिवीले दिनरात दिनप्रतिदिन दुख खेपिरहेका छन् । सडकको माथिको भागको सुख्खा गिट्ठिद्धारा जमिनको भुभाग खस्दा दैनिक दिन बाटो अवरुद्ध हुने गरेको छ । सुख्खा पहिरो रोकथाम र दिर्घकालिन उपाएका वारेमा सडक डिभिजन कार्यालय विरेन्द्रनगर सुर्खेतले चासो नदिएको स्थानीयको भनाई छ ।

उक्त सडकको ५ सय मिटर क्षेत्रमा सुख्खा पहिरो झर्ने गरेको छ । दैनिक दिन सुख्खा पहिरोले सडक अवरुद्ध गरेता पनि सडक डिभिजनले बाटो सुचारुको लागि पहल र सहयोग नगरेको स्थानीय व्यवसायीहरुले बताउँने गरेका छन् । एकातर्फ सडक जिर्ण र अर्को तर्फ सुख्खा पहिरोले सडक अवरुद्ध पार्ने गरेको छ । सडक अवरुद्ध हुदाँ घण्टौ सवारि साधान बाटोमै अलपत्र पर्ने गरेका छन् ।

सुर्खेत सडक डिभिजन कार्यालय प्रमख गुरु प्रसाद अधिकारिका अनुसार जिर्ण सडक मर्मतका लागि टेण्डर भैसकेको र आषाढ भित्रमा काम सकिने जनाएका छन । सुख्खा पहिरोले सडक अवरुद्ध पारेको विषय आफुहरुलाई जानकारि हुदाँहुदै समेत साधान स्रोत अभावले समयमा पहिरो हटाउन नसकिएको अधिकारीको भनाई छ । पहिरो ठिक समयमा नहटाउँदा नागरिकले दुख पाउने गरेका छन् ।

यता बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द कुमार पुनका अनुसार नगरको जेसिवीले पहिरो हटाउन थालेको १ हप्ता भयो तर पहिरो आउने क्रम जारी छ । नगरकै साधान स्रोत प्रयोग गर्दा हैरानी भएको र यस तर्फ डिभिजनले खासै चासो नदेखाएको उनको भनाई छ ।

छिन्चु जाजरकोट सडक खण्ड सुर्खेत सडक डिभिजनले हेर्ने गरेको छ । तर सडकमा पहिरो आई आवत जावत ठप्प हुदाँ समेत ध्यान नदिनु भनेको सडक डिभिजन कार्यालय सुर्खेतको लाचारीपना भएको स्थानीयको ठहर छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार