• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

नेकपाकै सांसदले भने “सभामुख महोदय ! ज्यान जोगाइ पाउँ”


जेठ १९, काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद सांसद खगराज अधिकारीले संसद बैठक कक्षबाट भाँचिएका कुर्सी हटाउन माग गरेका छन् ।

भाँचिएका कुर्सी कारण आफू लडिसकेको बताउँदै उनले सभामुखमार्फत् संसद सचिवालयको गम्भीर ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँचिएको कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराएका हुन् ।

“चार पटक भयो सभामुख महोदय म यहाँबाट लडेको । अहिले सम्म दुर्घटना भएको छैन, बचिएको छ । तर यो कतिपटक भन्नुपर्ने हो संसद सचिवालयलाई? आगामी दिनमा यस्ता कुर्सी कम्तिमा नराखियोस। यो त धराप भयो”, बैठककक्षमा भाँचिएको कुर्सीको आधी भाग उचालेर देखाउदै उनले भने, “त्यसकारण यो त धेरै गम्भीर आपत्तिको विषय भएको हुनाले ज्यान जोगाई पाऊ भन्नुपर्ने अवस्था आयो ।”

उनको ध्यानाकषण संगै संसद बैठक कक्षमा हाँसो छाएको थियो । सभामुख कृष्णबहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे गम्भीर रुपले ध्यानाकर्षण भएको जनाएका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार