• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानका होटेलहरुमा बालबालिकालाई काममा नलगाउने


सरिता चलाउने / जेठ १९, सल्यान । सल्यानको शारदा नगरपालीकाका भित्रका होटेल व्यवसायहरुले आफनो होटेल भित्र बालबालीकालाई काममा नलगाउने बताएका छन । उनिहरुले अहिले सम्म बालबालीकाहरुलाई होटेलमा काम नगराएकाले अबका दिनहरुमा पनि बालश्रममा नलगाउने बताएका हुन ।लबालीकालाई काममा नलगाउने बताएका छन ।

मानबअधिकार वकालत केन्द्र रेस अधिकार सल्यानको आयोजनामा सल्यानको खलंगामा भएको बालश्रम न्युनिकरण सचेतनामुलक कार्यक्रममा उनिहरुले होटेलहरुमा आफुहरुले बालश्रम काममा नलगाउने बताएका छन । मानबको बाच्न पाउने अधिकार भएकाले बालबालीकाहरुलाई बालश्रमकाममा लगाउन नहुने मानबअधिकार वकालत केन्द्र रेस अधिकारका अध्यक्ष रामचन्द्र रेग्मीले बताए ।

बालश्रममा लगाउन नहुने कानुनमै व्यवस्था भएकाले उनले कसैले पनि बालशोषण गर्न नहुने बताए । अधिकाशं ठाउँमा ठुलो बालश्रम भएको पाईएकाले यस्लाई अनुगमन गरी नियन्त्रण गर्नुपर्ने उनले बताए ।

सल्यान जिल्लामा बालश्रम भएको पाईएमा पनि यसबारे अनुगमन गरी कानुनी प्रक्रियामा जानु पर्ने बताए । बालश्रम गयरकानुनी रुपमा रहेकाले जिल्लामा बढि यातायात क्षेत्रमा बालश्रम भएको देखिएको भन्दै उनले अनुगमन गर्ने बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते आइतवार