• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

प्रदेश ३ का मुख्यमन्त्रीलाई अस्पताल भर्ना गरियो


जेठ १९, हेटौंडा । प्रदेश नम्बर ३  का मुख्यमन्त्री डोरमणि पौडेल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका छन् ।

उनी मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना भएका हुन् । अस्पतालका विषेशज्ञ चिकित्सक टोलीले उहाँको स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ । अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीका सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार