• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङमा रोकिराखेको बस आफै चलेर दुर्घटना हुँदा १० जना घाईते


जेठ २०, दाङ । दाङमा रोकिराखेको यात्रुवहाक बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । घाईतेमध्ये ४ जनाको अबस्था गम्भीर रहेको छ

जिल्लाको लमही नगरपालिका ९ रिहारमा आईतबार राति सवा १२ बजेतिर दिशापिसाब गर्नलाई रोकेको गाडी आफै सञ्चालन भएर अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार ४० जना यात्रुमध्ये ३० जना दिशापिसाबका लागि झरेको र बाँकी १० जना गाडीमै बसेका थिए ।

गाडि चालकपनि निस्केको अबस्थामा आफै सञ्चालन भएर दुर्घटना भएको हो । नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको यात्रुबहाक बस दुर्घटनामा परेको हो ।

यात्रुले शौच गर्ने भनेपछि चालकले रिहार नजिकै जंगलमा बस रोकेका थिए । बस रोकेको समयमा एक्कासी आफै बस गुड्दा सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरुको लमहीमा उपचार भइरहेको छ भने गम्भीर भएका घाइतेहरुलाई उपचार गर्न बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर ८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा( ६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन् ।

फोटो फाइल

 

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार