• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

सोलुखुम्बुका सिडियो भन्छन् ‘विप्लवले चौकी आक्रमणको प्रयास गरे भन्ने समाचार झुटो हो’


जेठ २०, सोलुखुम्बु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रयास गरेको भन्ने समाचार सबै हल्ला मात्रै भएको त्यहाँका सिडियोले बताएका छन् । नेकपाका कार्यकर्ताले आइतबार मध्यराति सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जाका लागि आक्रमणको प्रयास गरेका हुन् भन्दै यतिखेर नेपालका राष्ट्रय मिडियामा समाचार भाईरल भैरहेका बेला त्यहाँका प्रमुख जिल्ला अधिकारीले यस्तो बताएका हुन् ।

लेकाली अनलाइन सँग फोनमा कुरा गर्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले भने, “यहाँ केहि पनि भएको छैन्, समाचारमा आएका कुरा सबै गलत छन्, प्रहरीमाथी कसैले आक्रमण गरेको छैन् ।” समाचारमा भनिएजस्तो उक्त प्रहरी चौकीमा अहिले व्यापक प्रहरी परिचालन नगरिएको उनले बताए ।

यता नेपालका मिडियाहरुमा प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकी रित्तै भेटेपछि फर्किए भन्ने खालका समाचारहरु भाइरल भएका छन् । प्रहरीले पूर्वसूचना अनुसार हतियार सहित सुरक्षित स्थानमा गएकाले कब्जाको रणनीति असफल भएको हो भनेर ती मिडियामा समाचार आएका छन् ।

यस बिषयमा विप्लव नेकपाका एक केन्द्रीय सदस्यले प्रहरी चौकी आक्रमण भन्ने कुरा गलत भएको बताएका छन् । उनले आफुहरुको कुनै प्रहरी चौकीमाथी आक्रमण गर्ने योजना नभएको बताए ।

उनले प्रहरी र आफुहरुलाई भिडन्त बनाउनको लागी यस्तो प्रचार गरिएको बताए। उनले भने, “हाम्रो लडाई कुनै, पुलिस र चौकी सँग हैन्, हाम्रो लडाई भनेको दलाल सत्तासँग हो ।”

 

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार