• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

सल्यानका अपाङ्गगहरुलाई गुडियामा बनाउने तालिम दिएपछि खुसी


जेठ २०, सल्यान । सल्यानमा अपाङ्गता भएका व्यक्तिहरुले १५ दिनसम्म गुडिया बनाउने तालिम सिकेका छन् । सिप विकासका लागी कल्याणकारी अपाङ्ग सेवा संघ सल्यानको आयोजना तथा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय सुर्खेतको आर्थिक सहयोगमा उनिहरुलाई १५ दिनसम्म गुडिया बनाउने तालिम दिइएको हो ।

जेठ ६ गतेदेखि सुरु भएको तालिमको आज सल्यान खंलगामा एक कार्यक्रमका बिच समापन गरिएको हो । तालीममा जिल्लाका १० वटा स्थानीय तह बाट २, २ महिला पुरुष गरी २० जना अपांगता भएका ब्यक्तिहरुको सहभागीता रहेको थियो ।

तालिम लिएपछि परिक्षार्थी रुपलाल बस्नेतले सिप सिक्दा आफुलाई गर्व महसुस भएको बताए । उनले भने, “सुरुमा सकिदैनकी भन्ने लागेको थियमे, तर तालिम लिएपछि गुडिया बनाउन सिकियो ।” उनले सिकेको सिपलाई व्यवहारमा उतारर्ने भन्दै अबदेखि गुडिया बनाउने काम थालनी गर्ने बताए ।

त्यस्तै अर्की परिक्षार्थी एन्जीला केसीले तालिम अनुभवका हिसावले अति राम्रो भएको र सीप सिकेमा अपांगले पनि अरू जस्तै सबैकाम गर्न सक्ने भन्दै सिकेको सीप व्यवहारमा लगाउने बताइन । उनले भनिन “हामीले सिकेको सीप अब घरमा गएर पनि काममा लगाउछौ, सीप जति प्रयास गर्यो त्यति जानिन्छ ।”

कार्यक्रममा १५ दिनसम्म सहभागीलाइ ज्ञान दिएकी प्रशिक्षार्थी लोक कुमारी रोकाले सीप सिकेका कारण अफुलाइ अपांग भएको महसुस नहुने र कोहलपुर भएपनि प्रशिक्षण दिन धेरै स्थानमा जान पाएकोमा खुसी व्यक्त गरिन । उनले सबैले राम्रोसंग सिकेमा प्रशिक्षक बन्न पनि सकिने भएकाले घरमा पुगेर पनि काम गर्न सहभागीलाइ अनुरोध गरिन । उनले भनिन्, “गुडिया बनाएर बिक्री हुँदैनकि भनेर चिन्ता नमान्नुहोस् । यसको व्यापार राम्रो छ, जहाँ पनि बिक्री हुन्छ ।”

समापन कार्यक्रमका प्रमुख अतिथी शारदा नगरप्रमु सुरेश अधिकारीले सीप सिकेर व्यवहारमा लगाएमा मात्रै सार्थक हुने भन्दै सहभागीलाइ त्यसमा ध्यान दिन आग्रह गरेका छन् । उनले नगरपालिकाले उत्पादित सामाग्रीको बजार व्यवस्थापनको व्यवस्था गर्ने भन्दै परिणाममुखी उत्पादनमा जोड दिन अनुरोध गरे । नगर भित्र कसैले काम गर्न इच्छुक भए नगरले सहयोग गर्ने पनि उनले जनाएका छन ।

अपांगता भएका ब्यक्तिहरुको क्षेमता बिकास र आयआर्जनमा सहयोग हुने उदेश्यले तालीमको आयोजना गरिएको कल्यानकारी अपांग सेवा संघ सल्यानका अध्यक्ष कृष्ण बुढाले बताए । उनिहरुको सिप बिकास गरी आत्मानिर्भर बनाउनको लागी यो तालीमले सहयोग गर्ने उनले बताए ।

संघका अध्यक्ष कृष्ण वुढाको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन सदस्य गोपाल शर्माले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार