• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

हावाहुरीले सल्यानको दार्मामा स्वास्थ्य चौकी र स्कुलको छानो उडायो


प्रकाश शर्मा / जेठ २०, सल्यान ।  अइतबार बेलुका अएको हावाहुरीले सल्यानको दार्मा गाउँपालिका बिभिन्न ठाउमा क्षती पुर्याएको छ।

बेलुकी ५ बजे अकस्मात आएको हावाहुरीले त्रिवेणी स्वास्थ्यचौकी दार्मा ५ र जनकल्याण प्रावि दार्मा २ झ्यारिबाङको छाना उडाउनुको साथै स्थानिय घरहरुमा क्षती पुर्याएको छ ।

क्षतिको विवरण बुझ्न जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय फारुलाबाट आवश्यक सामाग्रीका साथ क्षतिग्रस्त ठाउमा हिडेको दार्मा बिपत ब्यबस्थापन समिति का संयोजक तथा गाउपालिका उपाध्यक्ष टीका शर्मा वलीले बताइन ।

उता ढाकाडाम स्वास्थ्यचौकीको भवन पनि हावाहुरीले उडाएको छ । बेलुकाको हावाहुरीकै कारण कुमाखका विभिन्न स्थानमा पनि क्षती पुगेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार