• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

दाङ देउखुरीका किसान व्यवसायीक बाख्रापालन तालिममा आकर्षित



ओमप्रकाश गुप्ता / जेठ २० देउखुरी । दाङको देउखुरी क्षेत्रमा पर्ने राप्ती गाउँपालिका वडा नम्बर ४ नयाँगाउँकी चुमा गिरीलाई व्यवसायीक रूपमा बाख्रा पाल्ने ठुलो रहर छ । तर उनी सँग बाख्रा पाल्ने सिप भने छैन् । त्यही सिप सिक्न उनी एउटा संस्थाले आयोजना गरेको २ दिने व्यवसायीक बाख्रापालन तालिममा सहभागी भइन् ।

तालिममा सहभागि भएर धेरै ज्ञान–ज्ञुनका कुरा सिक्ने अवसर आफुले पाएको गिरीले बताइन् । “अब मैले पालेको बाख्रालाई वृद्धि गरेर व्यवसायीक रूपमा पाल्छु”, गिरीले भनिन् ।

अहिले सम्म पुर्खाले जसरी पाल्दै आएका थिए त्यसरीनै पालियो तर केही उपलब्धि भएन बरू घाटा मात्रा भयो आज बल्ल तालिमबाट धेरै कुरा सिकेको गिरीको भनाई छ । गिरी मात्र होइन राप्ती गाउँपालिका वडा नम्बर १ शान्तिपुर चैतेकी मञ्जु पाण्डेको घरमा १० वटा बाख्रा छन् तर उनी सँग पनि बाख्रा पाल्ने सिप नहुदा व्यवसायीक रूपमा बाख्रा पालन गर्न नसकिएको बताइन् ।

उनी पनि त्यही सिप सिक्न तालिममा सहभागी भइन् र धेरै कुरा सिकेको बताइन् गिरी र पाण्डे जस्तै देवीकोटका दिपबहादुर मल्ललाई पनि व्यवसायीक रूपमा बाख्रा पाल्न मन छ तर सिप नहुदा २र४ वटा मात्र बाख्रा पालेको बताए । गाउँमा तालिमको आयोजना गरिएको छ भनेर थाहा पाएपछि उनी पनि तालिममा धेरै कुरा सिक्ने अवसर पाएको र त्यहीबाट आफुले व्यवसायीक बाख्रा पालन गर्ने मल्लले बताए ।

उनीहरू जस्तै धेरै किसानलाई अझै पनि व्यवसायीक बाख्रा पाल्ने सिप छैन सिप नभएकै कारण कतिपयले पालेको बाख्रा व्यवसायी पनि सफल हुन सकेको छैन । किसानहरूको त्यही मागलाई मध्यनजर गर्दै सर्व्िहत बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गाउँपालिका ४ मौरीघाटले २ दिने व्यवसायीक बाख्रापालन तालिमको आयोजना गरेको थियोे ।

तालिममा राप्ती गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ९ का २१ जना  किसानहरूको सहभागिता रहेको थियो । तालिममा राप्ती गाउँपालिकाका पशु विकास अधिकृत राजविक्रम चौधरी,नायव सुब्बा तथा पशुविकास अधिकृत दयाराम चौधरी र पशुसेवा प्राविधिक शेरबहादुर हमाल रहेका थिए । यसै बिच तालिमको समापन समेत गरिएको छ ।

संस्थाका अध्यक्ष राजेन्द्र चौधरी थारूको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको  तालिम समापन कार्यक्रममा शिक्षा उपसमितिका संयोजक बुद्विमान चौधरी र सहभागी दोर्णबहादुर वली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सदस्य मता केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव जागेन्द्र चौधरीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार