• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

प्युठानको सरुमारानी गाउँपालिकामा स्टेशनरी सामाग्री वितरण


ओमप्रकाश गुप्ता/ जेठ २०, देउखुरी । जनसम्पर्क समिति फ्रान्सले प्युठान जिल्लाको सरुमारानी गाउँपालिका १ नमुना धामी समाजको परिसरमा विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।

सरस्वती मावि बाङगेशाल, खड्केश्वरी प्रावि बाङगेशाल र नमुना धामी समाजमा आवद्ध गरिव तथा विपन्न १२५ जना विद्यार्थीहरुलाई १ लाख बराबरको सामाग्री वितरण गरेको विष्णु पोख्रेलले जानकारी दिएका छन् ।

पढाईमा सहयोग पुगोस भन्ने उदेश्यले सो सामाग्री वितरण गरिएको हो । समितिका अध्यक्ष मुकुन्दराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा टेमनारायण अधिकारीले सो सामाग्री वितरण गरेका हुन् भने कार्यक्रमको सहजीकरण बाबुराम शर्मा(झविन्द्र)ले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार