• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

शान्तिनगर गाउँपालिकमा अपांगता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न


दाङ सम्बादाता , जेठ २० दाङ । शान्तिनगर गाउँपालिकमा अपांगता परिचयपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शान्तिनगरगाउँपालिका महिला ,बालबालिका तथा सामाजिक विकास शाखाकाे अायाेजनामा भएको साे कार्यक्रम शान्तिनगरगाउपालिका उपाध्यक्ष तथा शान्तिनगर गाउँपालिका अपांगता समन्वय समितिका संयाेजक मिथिला शाहकाे सभाध्यक्षता तथा शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीकाे प्रमुख अातिथ्यता सम्पन्न भएको थियोे ।

कार्यक्रमकाे उदघाटन सत्रमा बाेल्दै प्रमुख अतिथि डाँगीले अपांगता भएका व्यक्तिहरु समाजका गहना भएकोले उनीहरुकाे जीवनस्तरमा विकास गर्नु गाउँपालिकाकाे जिम्मेवारी भएकोमा जाेड दिनु भयाे । उहाँले गाउँपालिकाले विगत वर्षदेखि नै अपांगता मैत्री याेजना तर्जुमाकाे सुरुवात गरिसकेकाले अागामी वर्षहरुमा अपांगता भएका व्यक्तिहरुकाे शिक्षा,स्वास्थ्य, राेजगारी लगायतका सामाजिक तथा अार्थीक पक्षकाे क्रमस सुधार गर्दै लजाने कुरा बताए ।

अाजदेखि सुरु भएको परिचयपत्र वितरणकाे काम अबदेखि नियमित रुपमा अगाडि बढ्ने कुरामा गाउँपालिका उपाध्यक्ष मिथिला शाहले जाेड दिनु भयाे ।

शान्तिनगर गाउँपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख गुप्ता अधिकारीकाे सहजिकरणमा भएको कार्यक्रममा अाज मात्रै ५३ जना अपांगता भएका व्यक्तिहरुले अपांगता परिचयपत्र प्राप्त गरेका थिए । जसमध्ये क वर्ग ८ , ख वर्ग २३ जना, ग वर्ग ८ र घ वर्ग १६ जनाले प्राप्त गरेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार