• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

४ करोडमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले उडायो


जेठ २१, बर्दिया । बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा आइतबार राति आएको भीषण हावाहुरीले क्षति पुगेको छ । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ । नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ ।

पुलमा बिछ्याइएको प्लेट लट्ठामा कस्दै गर्दा हावाहुरी आएपछि क्षति पुगेको प्राविधिकले बताएका छन् । पुललाई सीधा बनाउन थप एक साता समय लाग्ने प्राविधिक पुष्प दाहालले बताए ।

थानी निर्माण सेवा काठमाडौंले पुल निर्माणको काम गरिरहेको छ । निमार्णाधीन झोलुंगेपुल चार करोड ४१ लख लागतमा बन्दै छ । सोही ठाउँमा बनाइएको झोलुंगेपुल हस्तान्तरण नहुँदै २०७१ सालमा बबई नदीमा आएको बाढीले बगाएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार