• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा गतवर्षको भन्दा झण्डै २४ करोड भन्दा बढी बजेट भित्रियो, सबैभन्दा धेरै शारदामा


जेठ २१, सल्यान । सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ को लागी सल्यानका १० ओटा स्थानीय तहलाई २ अर्ब ३८ करोड ८८ लाख बजेट विनियोजन गरेको छ । जिल्लामा यो बजेट गतबर्षको भन्दा झण्डै २४ करोड बढी हो ।

आर्थिक बर्ष २०७५/७६ मा सल्यानमा कुल २ अर्ब १४ करोड ९३ लाख विनियोजन गरिएको थियो । तर आगामी आर्थिक बर्षमा २३ करोड ९२ लाख बढी बजेट विनियोज भएको छ । यो बजेट समपुरक र विषेश बाहेक हो ।

जसमा सबैभन्दा धेरै बजेट शारदा नगरपालिकामा विनियोजन गरिएको छ भने सबैभन्दा कम सिद्धकुमाख गाउँपालिकामा गरिएको छ । गतबर्ष पनि यसरी नै यी दुई तहमा कम र बढी छुट्याइएको थियो ।

आगामी आर्थिक बर्ष २०७६/७७ को लागी शारदा नगरपालिकामा ३३ करोड ९५ लाख, बागचौर नगरपालिकामा ३३ करोड ७२ लाख, बनगाड कुपिण्डे नगरपालिकामा ३० करोड ५४ लाख बजेट विनियोजन गरिएको अर्थमन्त्रालयले जनाएको छ । यी तिन नगरपालिकाको मात्रै जम्मा बजेट ९८ करोड २१ लाख हुन्छ ।

त्यसैगरी जिल्लाका ७ वटा गाउँपालिकामा पनि जम्मा १ अर्ब ४० करोड ६७ लाख बजेट विनियोजन भएको छ । कपुरकोटमा १७ करोड ६७ लाख, कालिमाटीमा २२ करोड ८६ लाख, कुमाखमा २४ करोड ८ लाख, छत्रेश्वरीमा २३ करोड ९८ लाख, त्रिवेणीमा १८ करोड ८ लाख, दार्मामा १८ करोड ६१ लाख र सिद्धकुमाखमा १५ करोड ३९ लाख विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

देशभरीका ७ सय ५३ स्थानीय तहलाई भने २ खर्ब १३ अर्ब बजेट विनियोजन गरिएको छ । जसमा ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन् भने १ खर्ब २३ अर्ब सशर्त अनुदान छुट्टयाएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार