• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

सांसदलाई ६ करोडले पुग्दैन १० करोड दिनुपर्छ : टोपबहादुर रायमाझी


जेठ २१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट १० करोड पु¥याउन उपयुक्त हुने तर्क गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा सांसद क्षेत्र विकास कोषका लागि सरकारले ६ करोड बजेट बिनियोजन गरेकोमा आलोचना भइरहेका बेला उनले तत्कालका लागि त्यसलाई बढाएर १० करोडसम्म पुर्‍याउन उपयुक्त हुने बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि सांसद क्षेत्र पूर्वाधार विकास कोषलाई तत्कालका लागि कटौति गर्न नमिल्ने स्पष्ट पारे ।

जनतामा सुख र समृद्धि छाएपछि सांसद क्षेत्र विकास कोषको बजेट कटौती गर्न आफूहरु सहमत हुने उनको स्पष्टिकरण थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता रमेश लेखकले सरकारले ल्याएको बजेटले मुलुकलाई समृद्ध बनाउन नसक्ने दाबी गरे । उनले कर्मचारीको तलव÷भत्तालगायतमा मात्रै केन्द्रित रहेको बजेटले कसरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ? भनि सरकारलाई प्रश्न गरेका छन् ।

नेता लेखकले सरकारले आफैले घोषणा गरेको ‘समृद्ध नेपालः सुखी नेपाली’ नारालाई यो बजेटले सम्बोधन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार