• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

दाङमा सर्पले टोक्दा एक किशोरीको मृत्यु


जेठ २१, दाङ । दाङमा शर्पदंशबाट एक किसोरीको ज्यान गएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नम्वर ४ मोतिपुर बस्ने १७ बर्षिया प्रमिला यादवको शर्पदंसबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता विनोद विक्रम शाहका अनुसार उनलाई मंगलवार विहान ६ वजेतिर घरको आंगनमा शर्पले डशेको थियो । त्यसपछि उनी स्कुल गएको र दिउँसो १ वजेतिर एक्कासी विरामी भएपछि उनलाई एम्वुलेन्स मार्फत अस्पताल लैजादै गदा गोरुसिगे नजिकै निधन भएको हो ।

उनको शवलाई पोष्टमार्टम पछि आफन्तीले बुझिलिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते मङ्गलवार