• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको बनगाड कुपिण्डेमा प्रथम मेयरकप प्रतियोगिता सुरु


दिपसागर भण्डारी / जेठ २२, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा प्रथम मेयर कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मंगलबार उद्घाटन गरिएको हो ।

नगर प्रमुख गोबिन्द पुनको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा बागचौर नगरपालिकाका प्रमुख लोकमान वुढाथोकि, कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगर, दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पुनले जनताको अधिकार प्रत्याभूति गर्ने गरि आफुहरुले काम गरि रहेको बताका छन् । उनले सिङ्गो नगरबिकासको सेवा गर्न आफुहरु निर्वाचित भएर आएकोले यसमा प्रतिबद्ध रहेको बताए ।

बनगाड कुपिण्डे नगरपालिकामा पछिल्लो समयमा राजनीतिक हस्तक्षेप ब्याप्त भएको भन्दै उनले यसलाई कम गरिदिन सो नगरका राजनिज्ञहरुलाई अनुरोध गरेका छन् । नेकपा सल्यानका अध्यक्ष समेत रहेका पुनले स्थानीय सरकारका काम कार्बाहीहरुलाई असर पुग्ने खालका क्रियाकलाप नगरिदिनुहुन समेत अनुरोध गरे । आगामी बर्षहरुमा खेल क्षेत्रमा प्रयाप्त रुपमा बजेट बिनियोजन गर्ने उनले आश्वासन दिएका छन् ।

कार्यक्रमका बिशिस्ट अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले बनगाड कुपिण्डे नगरपालिका कला सांस्कृती तथा पर्यटकीय हिसाबले धनी भएको बताए । उनले राष्ट्रकै गौरव बोकेको कुपिण्डे ताल, बनगाडी गित तथा नाच समेत उक्त नगरपालिकाको सम्पत्ति भएको बताए ।

बनगाड कुपिण्डे नगरपालिकाकी उपप्रमुख मन्जु यरिको अध्यक्षतामा सुरु भएको कार्यक्रमम बिभिन्न पाटिका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, शिक्षक, विद्यार्थी, बुद्धिजिवि, कर्मचारी लगाएत नगरबासी र खेलाडीहरुको उपस्थिति रहेको थियो । तिन दिन सम्म संचालन हुने प्रथम मेयर कप भलिबल प्रतियोगितामा नगरका १२ वटै वडाबाट पुरुष तर्फ १२ वटा टिम र महिला तर्फ ९ वटा भलिबल  टिम सहभागि भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिका वडा नं. ४ अध्यक्ष मोहम्मद रोकाको स्वागत मन्तव्य बाट सुरु भएको उद्घाटन कार्यक्रममा नगरका प्रत्येक वडाहरुबाट पुरानो संस्कृती जगेर्ना हुने गरि विभिन्न झाँकि सहित नृत्य प्रस्तुत गरिएको थियो । पुराना लोप हुन लागेका बनगाडी टप्पा, सैरेलु, सिंगारु, पञ्चेवाजा, हिउँपा, मयूर नाच र लहरे नाच समेत उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

उद्घाट सत्रको पहिलो दिन नगरपालिकाका जनप्रतिनीधी र कर्मचारी विचको मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न  गरिएको थियो । सल्लिबजारमा सुरु भएको बनगाड कुपिण्डे नगरपालिकाको प्रथम मेयर कप उद्घाटन सत्रको संचालन सोहि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिवहादुर खत्रीले गरेका थिए।

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार