• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

रोल्पा जिनाबाङ्गका किसानहरु कृषि भ्रमणमा हिडे


जेठ २२ रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका ३ जिनाबाङ्ग मनिमारेमा रहेको स्मार्ट कृषि गाउँ मनिमारेले आफ्ना कृषकहरुलाई ५ दिने भ्रमणमा लगेको छ । कृषि बिकाश मन्त्रालय प्रदेश ५ र कृषि ज्ञानकेन्द रोल्पाको आर्थिक सहयोगमा ‘अन्तर जिल्ला स्तरीय उन्नत प्रबिधि कृषक भ्रमण’ कार्यक्रम तयभएको स्मार्ट कृषि गाउँ समितिका सचिव कुल बहादुर केसीले बताए ।

मंगलबार देखि सुरुभएको कृषक भ्रमण कार्यक्रमको यात्रा ५ दिनसम्म हुनेछ । उक्त समय अवधिमा कृषि उत्पादनमा सक्रिय स्थानहरु कपिलवस्तु, पाल्पा मदन पोखरा, तनहु बन्दिपुर, कास्की पोखरा, लुम्ले लगाएतका कृषि उत्पादन, पशु फर्म लगायतका क्षेत्रहरुमा भ्रमण रहने समितिले जनाएको छ ।

कृषक भ्रमण टोलि जम्मा ४२ जनाको रहेको छ भने त्यसमध्य ३० जना बिशुद्द किसानहरु रहेका छन्, १२ जना गैरकिसान तथा अन्य समिति/कर्मचारीहरु रहेको भ्रमणमा सहभागी भएका तिलक केसीले जानकारी दिए ।

भ्रमणका क्रममा कृषि उत्पादन, पशु पालन लगायतका कृषि बिषयमा अध्यन, अनुसन्धान तथा अनुगमन गर्ने उदेश्य रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार