• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

जुनसुकै बेला राजनीतिमा आउन सक्छु : राजेश हमाल


जेठ २२, काठमाडौं । नेपाली सिने जगतका महानायक राजेश हमालले आफू जतिखेर पनि राजनीतिमा आउन सक्ने बताएका छन्। नयाँ पत्रिका दैनिकमा दिएको एक अन्तर्वार्तामा हमालले आफू राजनीतिमा जतिबेला पनि राजनीतिकमा आउन सक्ने बताएका हुन्।

यस्तो छ उनिसँगको अन्तर्वार्ता

भर्खरै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा धेरै बलिउड कलाकार निर्वाचित भए । तपाईंको राजनीतिमा लाग्ने सोच छैन ?

मलाई राजनीतिमा चासो छ । राजनीतिक गतिविधि रुचिपूर्वक हेर्छु । तर, सक्रिय राजनीतिमा लागिहालौँ भन्ने मुड छैन । अहिले कलाकारितामा छु । दुवै ठाउँमा हात हाल्नु ठीक होइन । चुनाव लडेका कतिपय भारतीय कलाकारले पछि पछुतो महसुस गरेको सबैलााई थाहा छ । तर, म राजनीतिमा आउनै नसक्ने भन्ने छैन ।

कहिलेबाट आउनुहुन्छ त ?

कुन कित्तामा उभिएर राजनीति गर्छु भन्ने पक्का छैन । सचेत नागरिकको हिसाबले राजनीतिमा चासो छ । राजनीतिक घटनाक्रमप्रति अपडेट रहन्छु । सक्रिय राजनीतिमा लागिहाल्ने मुड छैन । यसो भन्नुको अर्थ भित्रभित्रै क्रियाशील छु भन्ने होइन । खासमा मैले राजनीति गरिहाल्ने सही समय आइसकेको छैन ।

आजको बिन्दुसम्म मैले राजनीतिलाई सेवाकै रूपमा हेरेको छु । राजनीतिमा आइसकेपछि चुनाव नजिते पनि अरू जिम्मेवारी हुन्छन् । चुनावै जितेपछि त ठूलो जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ ।

तपाईंले चाहनुभयो भने त जुनै पार्टीले पनि टिकट देला नि ? 

मेरो उद्देश्य राजनीतिकै लागि राजनीति गर्ने होइन । त्यस्तो राजनीतिले खासै उपलब्धि दिँदैन । खाली व्यक्तिगत स्वार्थ मात्र पूरा हुन्छ । मलाई कुनै स्वार्थ पूरा गर्नु छैन । इमानदार भएर राजनीति गरियो भने नीति निर्माण तहमा केही प्रभाव पार्न सकिन्छ ।

राजनीतिमा लागेर राष्ट्रलाई अझै केही योगदान दिन सक्छु जस्तो लागेको दिन त पक्कै राजेश हमाल राजनीतिमा होमिनेछ । तर, सत्यचाहिँ के हो भने म मुलभूत रूपमा कलाकारितामा केही गर्छु भनेर आएको मान्छे हो । कलाकारितामै अझै गर्न बाँकी छ । त्यही भएर राजनीतिमा अहिले नै होमिनुपर्छ जस्तो लागिसकेको छैन । तर जतिखेर पनि राजनीतिमा आउन सक्छु । त्यो दिन पनि आउला नि !

राजनीतिमा आएर चुनाव जित्नुभयो भने पहिलो काम के गर्नुहुन्छ ? 

आजको बिन्दुसम्म मैले राजनीतिलाई सेवाकै रूपमा हेरेको छु । राजनीतिमा आइसकेपछि चुनाव नजिते पनि अरू जिम्मेवारी हुन्छन् । चुनावै जितेपछि त ठूलो जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । देशमा अहिले सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । मैले चुनाव जितेको खण्डमा भ्रष्टाचारलाई निर्मूल पार्न कोसिस गर्छु । भ्रष्टाचाररहित विकासमा जोड दिन्छु ।

सत्यचाहिँ के हो भने म मूलभूत रूपमा कलाकारितामा केही गर्छु भनेर आएको मान्छे हो । कलाकारितामै अझै गर्न बाँकी छ । त्यही भएर राजनीतिमा अहिले नै होमिनुपर्छ जस्तो लागिसकेको छैन । तर, जतिखेर पनि राजनीतिमा आउन सक्छु ।

चलचित्र उद्योगका लागि चाहिँ के गर्नुहुन्छ ? 

नेपाली सिने क्षेत्रलाई सरकारकै तर्फबाट रेखदेख चाहिन्छ भन्ने मान्यता राख्दिनँ । यो निजी क्षेत्र हो । सरकारले राम्रा भौतिक संरचना बनाएर चलचित्र उद्योगलाई टेवा पु-याउन सक्छ । यो क्षेत्रलाई सुधार गर्ने, विकास र विस्तार गर्ने काम हाम्रै हातमा छ । नेपाली हलमा नेपाली चलचित्र मात्र लगाउनुपर्छ, विदेशीलाई रोक्नुपर्छ भन्ने मान्यतामा पनि म छैन ।

दर्शकको आफ्नो रोजाइ हुन्छ । त्यो रोजाइ सम्बोधन गर्न हामी सिनेकर्मी नै लाग्ने हो । सरकारले सहुलियत दिएर, बाटो बनाइदिएर, टेवा दिएर, आड दिएर लाने क्षेत्र होइन यो ।

चलचित्र क्षेत्र अब उद्योग भइसकेको छ । राज्यको भूमिका त हुन्छ होला नि ? 

राज्यको भूमिका नहुने भन्ने होइन । चलचित्रको नीति नियम, प्रदर्शनको व्यवस्थापन, बक्स अफिसलगायतमा काम गर्नुपर्छ । आयआर्जन पारदर्शी बनाइदिनुपर्छ । निर्मातालाई सहज वातावरण बनाउनुपर्छ । चलचित्रलाई करको दायरामा ल्याउनुपर्छ । त्यसका लागि बक्स अफिस लागू गर्नुपर्छ ।

आफ्नो स्पष्ट हिसाब आएपछि निर्माता पनि लगानी गरिरहन हिच्किचाउँदैनन् । म कुनै दिन राज्यको नीतिनिर्माण तहमा पुगेँ भने गर्ने काम यिनै हुन् । त्यो तहमा पुग्छु पनि होला ।

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार