• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

दाङमा दुईवटा बस एकआपसमा ठोकिदा ६ जना घाईते


जेठ २२, दाङ । दाङमा दुईवटा बस एकआपसमा ठोकिदा ६ जना यात्रु घाईते भएका छन् ।

मंगलबार राती साढे ६ बजेतिर दाङको लमही नगरपालिका ९ अमिलिया झञ्ज्याङ् नजिक तुलसीपुरबाट भारतको दिल्लीतर्फ जाँदै गरेको बा ४ ख ५३४७ नम्बरको बस नेपालगंजबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ख ८६२ नम्बरको बससँग ठोकिदा दुर्घटना भएको हो । दुर्घटनामा तुलसीपुर तर्फ आउदै गरेको बसका  ६ जना यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाईते हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका ७ बस्ने ३८ बर्षीय धनी खड्का, सोही ठाउँ निवासी २० बर्षीय टिका खड्का, तुलसीपुर ८ बस्ने ३६ बर्षीया सन्ध्या न्यौपाने, तुलसीपुर १२ बस्ने ३५ बर्षीया माया चौधरी, तुलसीपुर ९ बस्ने ३९ बर्षीया कृष्णा शाह, दाङ घोराही १० निवासी ३५ बर्षीया कमला भण्डारी रहेका छन् ।

घाईतेमध्ये शाह र भण्डारीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ । उनीहरुको टाउकोमा गम्भीर चोट लागेका प्रहरीले जनाएको छ । अन्यको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

फाइल फोटो

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार