• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक


जेठ २२, सुर्खेत । कर्णाली सरकारको आर्थिक बर्ष २०७६/७७ को बार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुुख दुर्गाकेशर खनालले बुधवार प्रदेश सभामा सरकारको आगामी आवको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

दास्रो पटक नीति तथा कार्यक्रम बनाउको सरकारले पहिलो अर्थात अघिल्लो आव २०७५/७६ को जस्तो महत्वकांक्षी योजना बनाउको छैन । अघिललो आवमा बढि महत्वकांक्षी योजना र नीति बनाएर कार्यान्वयन गर्न नसकेर यसपटक सरकार सजक भएको देखिन्छ ।

यसपटकको नीति कार्यक्रममा कर्णालीको पानी सबैको लगानी  कार्यक्रम मार्फत लगानीको  अवसर जुटाई उज्यालो कर्णाली बनाउने योजना समेटिएको छ । राष्ट्रिय गौरवको भेरी बबई आयोजनामा लगानी गरी उक्त आयोजनाको बाँधबाट  उत्पादन हुने ९ मेगावाट विद्युत कर्णालकिो लागी निर्माण गरिने बताइएको छ ।

कर्णालकिा प्रत्यक जिल्लाका १ सडकलाई प्रदेश महत्वको योजनामा लिने, १ घण्टा भन्दा बढि फेरो नलगाउने गरी खोला तथा नदिहरुमा झोलुंगे पुल निर्माण गर्ने योजना अघि सारिएको छ । प्रदेश राजधानीको खानेपानी समाधानकालागि भेरी नदिबाट लिफ्टिङ्ग गर्ने तथा यस क्षेत्रका पानीका स्रोतहरु भेरी, बबई र शारदा नदिलाई प्रविधि प्रयोग गरी पानी ल्याउने व्यवस्था गर्ने र आसपासका नागरिकहरुलाई पानीको सुविधा पु¥याउने योजना नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै प्रदेश राजधाी वीरेन्द्रनगरको खानेपानी अभाव थेग्न चिगांग खोलको पानी ल्याउन सम्भाव्यता अध्यन गर्ने उल्लेख छ, सिंचाई सुविधाकालागि  दैलेखको लोहेर खोलाको पानी सुरुङ्ग मार्फत निकालनका लागि सम्भाव्यता गर्ने, लिफ्ट सिचाई, आकाशे पानी संकलन र थोपा सिचाई आयोजना बिस्तार गर्ने उल्लेख छ ।

यस्तै दलित विपन्न तथा घरवारबिहिन हरुलाई सुरक्षित स्थानमा स्तान्तरण गरिने शिक्षा स्वास्थ र सुरक्षित स्थानमा एकिकृत वस्ती विकास गर्नेर  जनता आवास कार्यक्रमलाई  निरन्तरता दिने निित कार्यक्रममा उल्लेख छ । एक जिल्ला एक बहुप्राविधि शिक्षालय स्थापना गर्ने, डोल्पा, हुम्लामा मुगु जस्ता विकट क्षेत्रमा  नमुना विद्यालय विकास गर्ने र  १ स्थानीय तह एक नमुना विद्यालय बनाउने योजनामा समेटिएको छ । छोरी बुहारी  छात्रबृति र  गरिब जहेन्दार विद्यार्थीलाई छात्रबृति व्यवस्था गन बताईएको छ ।

कम उमेर हुने वालविवाह रोक्ने, महिलालाई निशुल्क कामदारको रुपमा हेर्ने प्रवृतिलाई अन्त्य गर्ने, मुख्यमन्त्री महिला उद्यमी कार्यक्रम सञ्चालन गर्ने योजनामा उल्लेख छ । सुर्खेतमा रहेको प्रदेश अस्पतालालाई ३ सय सैया सहित विशेषज्ञ सुविधा सम्पन्न बनाउने, जिल्ला अस्पतालहरुलाई ५० सैया सहित सुविधा सम्पन्न बनाउने र स्थानीय तहमा १५ शैयाको अस्पताला बनाउन सहयोग गर्ने उल्लेख छ ।

जोखिममा परेका सुत्केरी र आमा र विरामीहरुको उद्धारमा हवाई सेवा सञ्चालन गर्ने  १ निर्वाचन क्षेत्र १ टेलिमेडिसन सेवा स्थापना गर्ने १ स्थानीय तह १ एमबुलेन्स सेवा दिईने उल्लेख छ, प्रदेश अस्पताल भित्र पुर्नस्थापना कक्ष स्थापना गरी विभिन्न कारण विरामी परेका र आथिृक अवस्था कमजोर भउको अशाहय विरामीहरुलाई पुर्नस्थापना कक्ष मार्पत राखेर थप उद्धार गर्ने कुरा उल्लेख छ ।

काम गर्ने उमेरका जनशक्तिलाई लक्षित गरेर मुख्यमनत्री रोजगार कार्यक्रम सञ्चालन गर्ने, रोजगारकिा लागि सबै जिल्लामा परामर्र्श केन्द्र स्थापना गर्ने र सिप विकास तालिम समेत स्थापना गर्ने उल्लेख गरिएको छ ।

कर्णालीको खेल क्षेत्रको प्रर्वद्धनकालागि खेलकुद परिषद् गठन गरिने छ । प्रत्यक जिल्लामा आवश्यक खेल रंगशालाको स्थापना गर्ने उल्लेख छ । खस भाषाका उद्धगमस्थल जुम्लाको सिंजा र दैलेखको दुल्लुमा सांस्कृतिक संग्रहलयको स्थापना गर्ने र सिंजामा साहित्यीक सम्मेलन गर्ने प्रदेश राजधानी वीरेन्द्रनगरमा  कला संस्कृतिको उत्थानका लागि कला प्रतिष्ठान र  नाचघर निर्माण गर्ने उल्लेख छ ।

जनयुद्ध जनआन्दोलन प्रदेश प्राप्तिका लागी भएका सहिद परिवारहरुलाई रोजगार व्यवस्था गर्ने उल्लेख छ । यहाँको कृषि पेशालाई थप मजबुद बनाउन कृषिमा आधुनिकिकरण, यान्त्रीकरिकण र विष्टिीकरण गर्ने उल्लेख छ , हिमाल पहाट चुरे क्षेत्र पचाऔ भन्ने अभियान सञ्चालन गरिनेछ  , बहुमुल्य जटिबुडि पाईने जिल्लाहरुमा त्यसको  प्रशोधन, जडिबुटी संकलन केन्द्र्र स्थापना गर्ने निितमा उल्लेख छ । राजधानी वीरेन्द्रनगरलाई पलाष्टिक झोला मुक्त बनाउने, सडक निर्माण गर्दा जलाधार संरक्षणलाई उचित ध्यान दिने कुरा उल्लेख छ ।

कर्णालीका प्रमुख पर्यटकीय स्थलको पहिचान गरि ति स्थानहरुमा हामेस्टे स्थापना गर्ने, उच्च हिमाली क्षेत्रमा पदमार्ग र बिश्राम स्थलको व्यवस्था गर्ने बताईएको छ । कर्णालीमा हवाई सेवा विस्तारकालागि  नीजि क्षेत्रसंग सहकार्य गरेर दैनीक हवाई सेवा विस्तार गर्ने, हिमालय पदमार्गलाई आर्षक पदमार्गको रुपमा विकास गर्ने, बताईएको छ ।

केवल कारको सम्भाव्यता, गुरुल्ली पदमार्गको सम्भाव्यता अध्यन गरी, स्थानीय युवालर्य पर्यटकीय सहयोग तालिम दिने उल्लेख छ ।  स्थानीय तह छरिएरको कर प्रशासनलाई प्रभावकारी बनाउने, कर र गैर करको दायरा विस्तार गर्ने बताईएको छ ।

आवधिक र दिर्घकालिन योजन निर्माण गर्ने, प्रदेश र स्थानीय तहसंगको समन्वयमा सम्भाव्य योजना निर्धारण गर्ने, बार्षिक बजेटलाई खर्च गर्नेगरी  तथ्य र मापदण्ड अनुसारका कार्यक्रम योजना बनाउने उल्लेख छ । बजेटलाई नजितामुखि बनाउन योजना को भुक्तानी, सार्वजनिक खर्च प्रक्रियालाई मितव्यी र शुसासन बनाउने बताईएको छ ।

यस्तै हिमाली जिल्लाहरुमा ६ महिना बजेट फ्रिज हुन नदिन आवश्यक व्यवस्था, गर्ने प्रदेशमा सञ्चालनमा आयोजनाको प्रत्यक्ष अनुगमन गर्न मुख्यमन्त्रीको नेतृत्वमा टोली गठन गर्ने, प्रदेशका जनताको गुनासो सुन्न हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अपराध नियन्त्रण गर्न प्रत्यक शहरहरुमा  साईरन सिसिटिभीको व्यवस्था गर्ने, कैदीबन्दीलाई आयाआर्जनका उद्यमशिल कार्यमा लगाईने उल्लेख छ ।

विपत्को पुर्व तयारी गर्न खोज उद्धार कार्यकालागि तैनाथ टोली गठन गर्ने  पहिचान भएका वाढीपीडतहरुका घर छिट्टै बनाउने उल्लख छ । समुदाय तहमा विपत व्यवस्थापना गु्रप रहने, यहाँका जनताको भोक र खाद्यान परिपुर्ति गर्न जनभकारी स्थापना गर्ने, यहाँको आम सञ्चार पत्रकारीताको विकासकालागि  सञ्चार प्रतिष्ठान स्थापना गर्ने  र पत्रकारीतालाई थप मर्यादित बनाउन विभिन्न तालिमहरु आयोजना गर्ने र पत्रकारतिा विषयमा स्नाकोत्तर पढ्नेलाई छात्रबृति प्रदान गर्ने निित तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २२ गते बुधवार