• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानको बनगाड कुपिण्डेमा मेयर कप भलिबल प्रतियोगिता सम्पन्न, यस्तो आयो नतिजा ?


इन्द्र बुढाथोकी / जेठ २३, सल्लीबजार । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले प्रथम मेयर कप भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । जेठ २१ देखि २३ गते ३ दिनसम्म सन्चालन भएको भलिबल खेल बिहीबार सम्पन्न भएको शो ।

खेलमा पुरुषतर्फ वडा नम्बर ११ प्रथम भएको छ । त्यसैगरी ५ नम्बर वडा दोस्रो  र १ नम्बर वडा तेस्रो भएका छन् ।

त्यस्तै महिलातर्फ वडा नम्बर १ प्रथम, ११ नम्बर दोस्रो र ५ नम्बर वडा तेस्रो भएका छन् । विजेता सबैलाई क्रमश ५० हजार, ३० हजार र २० हजार नगद दिइएको छ भने मेडल, ट्रफि कप, प्रमाणपत्र प्रदान गरिएको छ ।

भलिबल खेलमा अनुशासित, उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै महिला तर्फ यसुदा शाही र पुरुष तर्फ उमेश बिकलाइ नगद ५/५ हजार सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ । भलिबल प्रतियोगितामा नगरपालिकाको १२ वटै वडाका पुरुष र महिला खेलाडीहरु सहभागी भएका थिए ।

कार्यक्रमको समापन गर्दै नगरप्रमुख गोविन्द पुनले आफ्नो नगरपालिकामा अब देखि विकासले तिब्र रूपमा अगाडि बढेको बताए । उनले खेल क्षेत्रमा पहिलो वर्ष केही समस्या भए पनि आउदो आर्थिक वर्षदेखि खेलकुदलाई विषेश प्राथामिकता दिने बताए ।

अब खेल क्षेत्रबाट नगरपालिका हुँदै जिल्ला प्रदेश र रास्ट्रको समेत नाम राखेर आफ्नोखेल क्षेत्रमा अनुशासन तरिकाले नाम राख्न समेत उनले खेलाडीलाई अनुरोध गरे । नगरप्रमुख पुनले सुखी नेपाली समृद्ध नेपाल निर्माणमा जुट्ना सबै खेलाडी तथा नगर बासिमा अनुरोध गरेका छन् ।

उनले नगरपालिकामा कर्मचारी संगै भौतिक संरचना अभाव कारण केही विकास निर्माण देखि खेल क्षेत्रमा कठिनाइ आएको बताए । आफू नगर प्रमुख मात्र नभएर नेकपा पार्टीको जिल्ला अध्यक्ष भएको कारण आफ्नो नगरपालिका नमुना नगरपालिका बनाएर जनताको भावना सम्बोधन गरेर देखाउने उनको दाबी छ ।

त्यसमा सबै जनप्रतिनिधिहरुलाइ सहयोग गर्ने समेत आग्रह गरे । नगरपालिका सँग केही सुझाव भए सामाजिक संजाल भन्दा प्रत्येक्ष नगरपालिकामा आएर सुझाव दिन पनि उनले आग्रह गरे ।

आफू लगाएत आफ्नो नगरपालिकाको बिजेत गर्ने केही भ्रमित समाचार आएकाले त्यो सत्य नभएको र त्यसका पछि कोहि नलाग्न समेत उनले आग्रह गरेका छन् ।

कार्यक्रम समापन गर्दै कार्यक्रम सभा अध्यक्ष तथा नगरउप प्रमुख मन्जु यरिले अब आफ्नो नगरपालिका बिगतमा जस्तो विवाद नभएर सम्पुर्ण जनप्रतिनिधि मिलेर विकास गर्ने बताइन् । उनले खेलाडी पुरुष महिला सबैलाई बधाई तथा शुभकामना दिदै अन्यत्र गएर पनि अनुशासित तरिकाले खेल प्रदर्शन गरेर अझै नगरपालिकाको सिर नाम उच्च राख्ने समेत आग्रह गरिन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २३ गते बिहिवार