• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा ढुंगा बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्युु, २ घाइते


जेठ २५, सल्यान । ट्याक्टर दुर्घटना हुदा सल्यानमा १ जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।

जिल्लाको त्रिवेणी गाउँपालिका ३ लोटाउनेमा शुक्रबार अप्राहन्न रा १ त २२६९ नम्बरको ट्याक्टर दुर्घटना हुदा ट्याक्टरमा सवार सिम्क घर भै हाल लुहाम निबासी अन्दाजी ३५ वर्षिय केषब खड्काको दुर्घटना स्थलमै ज्यान जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।आफ्नै नया घर बनाउनको लागि मृतक खड्काले ट्याक्टर मार्फत ढुंगेबगर देखि लुहामतर्फ ढुङ्गा ल्याइरहेका थिए ।

दुर्घटनामा परि २३ वर्षिय प्रेम बहादुर बुढा र १६ वर्षिय जीवन भन्डारी घाईते भएका छन् । घाइतेहरुको कान्तिपुर सामुदायिक अस्पताल श्रीनगरमा उपचार भैराखेको छ । उनिहरुको टाउको र खुट्टामा चोट लागेको अस्पतालले जनाएको छ ।

ट्याक्टर चालक बिनोद बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भैरहेको जनाईएको छ ।

तस्बिर: राजेश वली/लेकाली अनलाइन

प्रकाशित मिति : २०७६ जेष्ठ २५ गते शनिवार