• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

काँग्रेस सल्यानको जागरण अभियान समापन, यस्तो भन्छन् नेताहरु ?


जेठ २५, सल्यान ।  नेपाली काग्रेस सल्यानले राष्ट्रिय जागरण अभियानको समापन गरेको छ । करिब एक महिना अघिदेखि सुरु भएको जागरण अभियान शनिबार खलंगामा पुगेर समापन भएको हो ।

कार्यक्रममा काँग्रेसका पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मीले नेपाली काग्रेशले जनता र देशलाई संकट पर्दा नेतृत्व लिएको भन्दै नेपाली काग्रेश अप्ठेरोमा काम लाग्ने पार्टी भएको बताए । लोकतन्त्र कुण्ठित गरेर मानव अधिकारको हत्या भएको भन्दै बलात्कार, हत्या, भष्टाचार र बालुवाटारको जग्गासम्ममा वर्तमान सरकार मुछिएको भन्दै नेपाली जनताले फेरी एकपटक सोच्ने बेला आएको बताए ।

फरक प्रसंगमा उनले कम्युनिष्टहरू दरबारबाट पालिएका शक्ती हुन भन्दै उनिहरूले नै दरबारलाइ नै सिध्याएको बताए । कम्युनिष्टहरू कहिल्यैपनि राष्ट्रवादी हुन नसक्ने भन्दै उनले कम्युनिष्ट राष्ट्रवादी नहुने बताए । उनले हत्या हिंसा गर्दै हिडेको माओवादीलाइ जंगलबाट घिसारेर काग्रेशले ल्याएको तर विप्लवलाइ अहिले किन प्रतिवन्ध लगाएको भन्दै माओवादीले सिंहदरवारसम्म पुग्न आफुलाइ भर्याङ बनाएको बताए ।

पार्टीका पुर्व जिल्ला सभापती महेश मल्लले निर्मला हत्याकाण्डका हत्यारा निकम्बा सरकारको आडमा पत्ता नलागेको भन्दै सरकारले त्यस्ता व्यक्तीलाई संरक्षण गरेको बताएका छन । उनले जनताका माझमा सरकारका गलत काम  र आफ्ना राम्रा कामको प्रचारका लागि जानुपर्ने पनि बताए ।

काग्रेसका महासमिती सदस्य तथा जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्टले वर्तमान सरकार निरंकुशता बनेर मिडिया, पत्रकार, उद्योगी व्यापारी, सेना, प्रहरी सबैलाई मुठीमा राख्न खोजेको बताएका छन । वर्तमान सरकारले राष्टिय बजेटको अपचलन गरिरहेको छ भन्दै उनले सरकारमा रहेका मन्त्री नै हत्या, हिंसा, बलात्कारका काण्डमा मुछिएकाले वर्तमान सरकार असफल भएको र त्यसको विकल्पमा नेपाली काग्रेश भएकाले पार्टीलाई जनतामा लगेर जानुपर्ने बताए ।

राजनीतिक प्रभावमा बजेट विनियोजन गरेर प्रभावमा नै रकम दिन लगाएर पहिलाको जिविसका निरिह कर्मचारीलाई दोष लगाइएको भन्दै उनले सरकारले सबै क्षेत्रलाई अस्तव्यस्त बनाइएको भन्दै माननियको सक्रियतामा कमिसन र भ्रष्टाचार भएको ठोकुवा गरेका छन । उनले संघिय प्रतिनिधि सभाका संसद टेकबहादुर बस्नेतलाई इकित गर्दै उनले कमिसनमा काम गराएकोले निर्दोश कर्मचारी र तल्लो तहका कार्यकर्ता फसेको बताए ।

महासमिति सदस्य मान बहादुर डाँगीले काग्रेश भित्र कुनै गुट नै नभएको भन्दै काग्रेश एक भएर अभियानमा लागेकोले पार्टी नरहे पदको कुरै नहुने भएकाले पदको लोलुपमा पार्टी विरोधी गतिविधि नगर्न अनुरोध गरेका छन ।

छत्रेश्वरी गाउँपालिका अध्यक्ष तथा नेपाली काग्रेश क्षेत्र नं २ का सभापती सन्तोष केसीले नेपाली काग्रेशको शाषण व्यवस्थामा कम्युनिष्ट आएको तर सरकारमा पुगी भ्रष्टाचार, हत्या, आतंकमा लागेको बताएका छन । पार्टीका क्षेत्र नं १ का सभापती गोरख केसीले नेपाली काग्रेशलाई बनाउने सबै कार्यकर्ताको उत्तिकै ध्यान हुनुपर्ने भन्दै अव काग्रेश बनाउने अभियानमा लाग्न अनुरोध गरेका थिए ।

शारदा नगरपालिकाका मेयर तथा पार्टीका जिल्ला सदस्य सुरेश अधिकारीले वर्तमान सरकारले जनचहानाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन ।  सरकार विभिन्न काण्डमा मुछिएको भन्दै उनले देशको परिवर्तनका लागि काग्रेशले अतुलनिय योगदान दिएको बताए ।

पार्टीका जिल्ला सदस्य तथा छत्रेश्वरी गाउपालिका उपप्रमुख सीता केसीले हिजोका हत्याराहरूले आज काठमान्डौमा महल बनाएको भन्दै अहिले पनि विभिन्न व्यक्तीहरूलाइ हत्या गरिरहेको बताएकी छन । एउटा राष्ट्रप्रमुख बनेर वर्तमान राष्ट्रपतीले आफ्नै श्रीमानको हत्यारा पत्ता नलगाएको भन्दै अरूको हत्यारा पत्ता लाग्ला भन्ने विश्वास नगर्न भनेकि थिइन ।

पार्टीका जिल्ला सभापती गणेश चन्दको सभापतीत्वमा भएको कार्यक्रमको संचालन सचिव चक्र देवकोटाले गरेका थिए भने सहभागिलाई उपसभापती निम बहादुर ओलीले स्वागत गरेका थिए ।

पार्टीका केन्द्रिय प्रतिनिधि सुरेन्द्र हमालको अगुवाईमा नेपाली काग्रेशले १ महिनासम्म जिल्लाका विभिन्न स्थानिय तहमा पुगेर जागरण कार्यक्रममा गरेको छ । आजको समापन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली काग्रसमा प्रवेश गरेका छन ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २५ गते शनिवार