• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

दाङमा एक युवाले आफ्नै लगानीमा सडक बनाए


पूर्ण के.सी. / जेठ २५, दाङ । युवाले चाहेमा असम्भव केही छैन । यस्तै , दाङ तुलसीपुरका एक युवाले दंगीशरण गाउँपालिका वडा नं. २ सिमलकुनामा आफ्नै लगानीमा सडक निर्माण गरेका छन् ।

तुलसीपुर ११ बेलटाकुरा निवासी बिक्कीसिंह ठकुरीले आफ्नै ब्यक्तिगत लगानीमा पाँचसय ५० मिटर सडक  निर्माण संगै ग्राभेल गरेका छन् ।  सडकको उद्घाटन समेत गरिएको छ ।

ठकुरीले समाजमा पछि परेको बस्तिमा सहयोग गर्न पाउदा आफुलाई खुसी लागेको बताए । आउदा दिनमा पनि यस्तै सहयोग गर्ने बताए । झण्डै ढाई लाखको लागतमा सडक निर्माण भएको उनको भनाई छ । उनको यो कार्यको अहिले चर्चा छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २५ गते शनिवार