• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको शारदा नगरपालिकाले आगलागी पिडितलाई राहत दियो


जेठ २५, सल्यान । सल्यानको शारदा नगरपालिकाले आगलागी पिडित परिवारलाई राहत बितरण गरेको छ । नगरको वडा नम्बर १३ चलाउनेपानीका आगलागी पिडित निम बहादुर बुढाथोकीको परिवारलाई बिहीबार राहत बितरण गरेको हो । जेठ ८ गते सालनेटा रानी सामुदायिक बनमा लागेको आगो मानव बस्तीमा आउँदा उनको घर जलेर नष्ट भएको थियो ।

घरमा आगलागी हुदाँ ५० हजार नगद सहित ४ लाख रुपैँया बढीको क्षती भएको थियो । पिडित परिवारलाई शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतले राहत रकम हस्तान्तरण गरेकी हुन ।उनले पिडित परिवारलाई नगरपालिकाको तर्फबाट १० हजार रुपैँयाको चेक हस्तान्तरण गरेकी हुन ।

चेक हस्तान्तरण गर्दै उपप्रमुख बस्नेतले स्थानिय तहले जनताको पक्षमा काम गर्ने बताइन । उनले सुख र दुखको समयमा पनि नगरपालिका जनताको साथमा रहेको बताइन ।

प्रकाशित मिति : २०७६ जेष्ठ २५ गते शनिवार