• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

कास्कीमा विप्लव नेकपाका २१ जना नेता–कार्यकर्ता बैठक स्थिलबाट एकैपटक गिरफ्तार


जेठ २६, कास्की । कास्कीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता कार्यकर्ता एकैपटक गिरफ्तार भएका छन् । पार्टी निकट अखिल (क्रान्तिकारी) कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटिको संयुक्त बैठकमा प्रहरीले हस्तक्षेप गरी ने.क.पा. कास्कीका जिल्ला सेक्रेटरी आक्रोश सहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ स्थित आमा समुहको भवनमा विद्यार्थीहरुको संयुक्त बैठक बसिरहेका बेला शनिबार दिउँसो ४ बजेतिर प्रहरीले बैठकस्थल घेरा हालेको थियो । तर पछि थप प्रहरी परिचालन गरि राती अबेर उनीहरुलाई नियन्त्रणमा लिएको नेकपा कास्की स्रोतले जनाएको छ ।

प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा ने.क.पा. कास्की जिल्ला सेक्रेटरी बिबेक भण्डारी ‘आक्रोश’, पार्टी जिल्ला सदस्य एबम एरिया इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’, जिल्ला सदस्य एवम अखिल क्रान्तिकारी केन्द्रीय सदस्य मिलन राइ, जिल्ला सदस्य एवम अखिल क्रान्तिकारी केन्द्रीय सदस्यर तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, अखिल क्रन्तिकारीका जिल्ला उपाध्यक्ष आस्था नेपाली, अखिल क्रान्तिकारी पिएन क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला र बिद्यार्थी नेता एब सहिद पुत्र सुजन सापकोटा लगाएत रहेका छन् ।

नेपाल कम्ययुनिस्ट पार्टीले बैठकस्थलबाट आफ्एना नेता तथा कार्यकर्ता पक्राउ परेको जानकारी दिएपनि प्रहरीले भने यस बारेमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार