• २०७९ मङ्सिर ११ गते आइतवार
  • Preeti To Unicode

शिविर संचालन गरेर सल्यानको त्रिवेणीमा अपाङ्गको पहिचान !


जेठ २६, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा अपाङ्गको पहिचान गरिने भएको छ । मिसन टु डेभ्लवकम्युनिटी सल्यानको आयोजना र त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा शनिबार अपाङ्गता भएका व्यक्तीहरुको नाम संकलनको लागी निशुल्क सिविर संचालन भएको थियो ।

जिल्ला स्वस्थ्य कार्यालयबाट गएका डाक्टरहरुले लुहाम र काभ्रामा अपाङ्ग व्यक्तीहरुको नाम छनोट गरेका थिए । शिविरको १ सय २ जनाले लाभ लिएका छन् । पालिकाका ६ वटा वडाबाट सहभागी भएका ती अपाङ्गहरुको केहिदिनमै समुह छनोट हुने आयोजक सस्थाका उपाध्यक्ष विरेन्द्र डिसीले बताए ।

छनोट हुने समुहमा ए, बि, सि र डि गरि ४ वटा हुनेछन् । शिविरमा सहभागी हुन नसकेकाहरुले जिल्ला स्वस्थ्य कार्यालयमा जुनसुकै समयमा गएर अपाङ्गताको समुह पहिचान गर्न सक्ने गाउँपालिकाले जनाएको छ ।

शिविरमा सहभागी भएकाहरुको समुह छनोट गरि गाउँपालिकाले अपाङ्ग कार्ड वितरण गर्ने गाउँपालिकाले जनाएको छ । शिविरमा उपाध्यक्ष करुण खड्का, प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगी, अन्य कर्माचारी, वडा अध्यक्ष लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते आइतवार