• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा ग्रीलको काम गर्दा करेन्ट लागेर सल्यानका एक व्यक्ती गम्भीर घाईते


जेठ २७, दाङ । दाङमा ग्रीलको काम गर्ने सल्यानका एक व्यक्ती करेन्ट लागेर गम्भीर घाईते भएका छन् । सल्यानको शारदा नगरपालिका ३ का हरिबहादुर विष्ट दाङको घोराही उपमहानगरपालिका १५ मिलनचोकमा प्रवेशद्धार निर्माण गर्ने क्रममा करेन्ट लागेर घाइते भएका हुन् ।

आइतवार वेलुका गेट निर्माण गर्ने क्रममा उनलाई करेन्ट लागेको हो। करेन्ट लागेर उनका दुबै हात जलेका छन् भने शरिरमा पनि क्षति पुगेको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका विष्टलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि थप उपचारका लागि आइतवार नै नेपालगञ्ज पठाइएको छ । उनी विगत दुई वर्षदेखि घोराहीकै एक ग्रील उद्योगमा काम गर्दै आएका थिए ।

तस्बिर :कुलदिप न्यौपाने

 

प्रकाशित मिति : २०७६ जेष्ठ २७ गते सोमवार