• २०७८ असोज ४ गते सोमवार
  • Preeti To Unicode

दाङको राप्ती गाउँपालिकामा अध्यक्षकप र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू


ओमप्रकाश गुप्ता / जेठ २७, मसुरीया । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित थारुले खेलकुदको विकास भएमात्र राष्ट्रको विकास हुने बताएका छन् । दाङको राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरीय अन्तर विद्यालय प्रथम अध्यक्षकप फुटवल प्रतियोगिता र राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको सोमबार राप्ती गाउँपालिका वडा नम्बर ३ सिरिचौर मसुरियामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका प्रदेश सभा सदस्य थारुले अहिले प्रदेश सरकारले पनि खेलकुदको विकासका लागि १ सय ९ वटा स्थानीयतहहरुमा पालिका स्तरीय खेलकुद मैदान निमार्ण कार्य सुरु गरेको बताए ।

गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको खेलकुद उद्घाटन कार्यक्रममा पुर्व सांसद सुशिला चौधरी, जिल्ला शिक्षा इकाई समन्वय समितिका सुरेशराज जोशी, नेपाली कांग्रेसका दुर्योधन पाण्डे, समाजवादी पार्टीका होमप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका ठाकुरप्रसाद आचार्य, राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष विद्याशरण चौधरी, वन महासंघ राप्ती गाउँपालिकाका अध्यक्ष हरि भुसाल, माध्यमिक विद्यालय मौरीघाटकी प्रअ सिता रिजाल, पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले गरेका थिए । प्रतियोगितामा अध्यक्षकप प्रथम गाउँपालिका स्तरीय खेलमा छात्र छात्राको फुटवल खेल मात्र समावेश गरिएको छ । भने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा छात्र छात्राको भलिबल,कवड्डी एथ्लेटिक्स तर्फ १००,४०० र १५०० मिटर दौड रहेको छ ।

यसै बिच खेल उद्घाटनका अवसरमा निकालिएको मार्चपासमा आदर्श नमुना मावि लालमटिया प्रथम, मुनलाइट मावि लालमटिया दोस्रो र रिभर राप्ती बोडिङ स्कुल भालुवाङ तेस्रो भएको राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ जेष्ठ २७ गते सोमवार