• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सडक उद्घाटन गर्दै मेयर गोविन्द पुनले भने ‘५० वर्षसम्म काँग्रेसले शासन गर्न सक्दैन्’


इन्द्र बुढाथोकी / जेठ २८, सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिकामा मेयर गोविन्द कुमार पुनले देशमा ५० बर्षसम्म काँग्रेसले शासन गर्न नसक्ने बताएका छन् । नगरको वडा नम्बर २ बामेमा सोमबार पुगेको बस उद्घाटन गर्दै मेयर पुनले देशमा नेपाली काङ्ग्रेसले ५० औं वर्षसम्म बढालेर जाने र विकास पनि गर्न नसक्ने बताएका हुन् ।

नेकपा सल्यानका अध्यक्ष समेत रहेका मेयर पुनले कम्युनिस्टहरुको दुई तिहाईको सरकार भएको र जनताका समस्या समाधान गर्नेतिर लागेको बताए । उनले भने, “अब कृषिमा आत्मनिर्भर हुन कुन वडा टोलमा कुन जडिबुटी खेतिको आवश्यकता छ त्यसको माटो परिक्षण गरि त्यस तर्फ लाग्न म युवालाई आग्रह गर्दछु ।”

व्यवसायीक कृषिमा लाग्ने युवालाई नगर बाट ५० लाख सम्म अनुदानको व्यवस्था गरिएको समेत उनले बताए । नगरका विभिन्न ठाउँमा सडक सन्जालले जोडिए सँगै अब स्थानीय बासिले कृषि, उत्पादन र व्यवसायीतिर लाग्ने उनले बताएका छन् । व्यवसाय मुलक तरिकाले व्यवसाय गर्ने लाई आउदो नगर सभा बाट बजेट बिनियोजन गर्ने समेत उनको आश्वासन छ ।

कार्यक्रमका बिशिस्ट अतिथी नगर उपप्रमुख मन्जु यरिले अब नगरपालिका सम्पुर्ण वडाहरुमा सडक सन्जालले जोडिसकेको र तिनको स्तर वृद्धि तिर नगरपालिकाले ध्यान दिने बताएकी छन् । उनले विकटका बाँकी टोलहरुमा सडक जोडिना बाँकी रहेको र त्यस तर्फ पनि ध्यान दिन बताएकी छन् । जनताको अपेक्षा अनुसार विकास गर्ने नसकिए पनि आउदो बर्ष जनताको सहयोगमा अपुरा सपना पूरा गर्ने प्रतिबद्धता उनले जनाइन् ।

कार्यक्रममा बोल्ने अधिकास बक्ताहरुले अब सडक सन्जालले जोडिनु भन्दा १२ महिना गाडी सन्चालन हुने तिर नगर सरकार लाग्नु पर्ने र सडक मात्र नभएर शिक्षा, स्वास्थ, बिधुत, खानेपानी तिर पनि ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।

सडक उद्घाटन कार्यक्रममा नेपाली काँग्रस वडा नम्बर २ का क्रियाशिल सदस्य जीवन रानाले काँग्रेश छोडि नेकपामा प्रवेश गरेका छन् । नव प्रवेशि रानाले बिगतमा काङ्ग्रेसमा लागेर गल्ती गरेको र काङ्ग्रेसले देशको विकास पनि गर्ने नदेखेर आफुले नेकपामा प्रवेश गरेको बताएका छन ।

बस पुग्दा खुसी

नगरको वडा नं. २ बामेमा पुगेको बसलाई नगर प्रमुख पुन र उप प्रमुख यरिले रिवन काटेर बस उद्घाटन गरेका हुन् ।  भेरी राप्ती यातायातको ना ५ ख १६२७ नम्बरको बसले पहिलो पटक सेवा दिएको छ । बिगतका दिनहरूमा जिल्लाको विकट गाविस भनेर चिनिने बामेमा अहिले सडक सन्जालले जोडे पछि स्थानीय खुसी भएका छन् ।

जिल्ला विकास समिति, गाविस हुँदै नगरपालिकाबाट बिनियोजित बजेटबाट सडक सम्पन्न गरिएको हो । देवस्थल हुँदै औलवेशी बामे २४ किलोमीटर सडकमा अब बिहान ८ बजे बामे देखि र साझ ४ बजे सल्लीबजारबाट बामेका लागि बस छुट्ने छ ।

यहाँ दैनिक रुपमा गाडी आवतजावत गर्ने छन । औलवेशी बाट बामे सम्म ६ किलोमीटर सडक ४३ लाखमा निर्माण गरिएको हो । नगरपालिकाको २ र ३ नम्बर वडाको स्थानीयले प्रत्येक्ष सेवा लिने र बजार आवता जावतमा सहजता यो सडकले थपेको छ । सडक निर्माण कार्य सम्पन्न भए पछि स्थानीयले भव्य उद्घाटन समारोहको आयोजना गरेका थिए ।

कार्यक्रममा २ नं. वडा अध्यक्ष प्रतिमल बुढा, ३ का अध्यक्ष टेक बहादुर पुनलगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार