• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

पुर्व माओवादीका विद्यार्थी नेता पैसाको अभावमा उपचार गर्न नसक्दा अस्पतालमा छट्पटाउदै


बुद्धिमान वली / जेठ २८, रोल्पा । संकट पनि त्यसैलाइ आइपर्यो जसले समाजको लागि केहि गर्ने उत्साह र जोस हिडिको थियो । लामो समयसम्म पुर्ब माआबादी केन्द्रको बिद्यार्थी संगठन अनेरास्वबियू क्रान्तिकारीको रोल्पा जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य समेत भएका त्रिवेणी गाउँपालिका २ झुम्लुङका चन्द्रलाल बन्दीपुरे अहिले उपचार गर्ने पैसा नहुँदा अस्पतालमा रोग नै पत्ता नलागेर जीवनमरणको दोसाधमा रहेका छन् ।

२०७० सालदेखि शरिरमा छालाको समस्या देखिएपछि अस्पताल पुगेर चेक गराउदा कुष्ठरोग भनियो तर औषधी खाएको २४ महिना पुग्दापनि निको नभएर अझै जटिल हुदैजादा रोग नै पत्ता लाउन सकिएको छैन । अहिले उनकाे नेपालगंज हस्पिटलमा उपचार भैरहेको छ तर पैसा अभावले गर्दा कुन रोग लागेको छ भन्ने सम्म पत्ता लगाउन सकिएको छैन । आर्थिक अबस्था निकै नाजुक भएर गरगहना समेत बेचिसकेको र अझैपनि उपचारमा धेरै पैसा लाग्ने भएकाले स्थानीय पतिज्ञा बुढा मगरको संयोजकत्वमा चन्द्रलाल स्वास्थ्य उपचार सहयोग समितिको गठन गरी सहयोग उठाउन शुरु गरिएको छ ।

आइतबार त्रिवेणी गाउँपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग समितिले सहयोगको अपिल समेत गरेको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले गाउँपालिकाले चन्द्रलालको लागि सक्दो सहयोग गर्ने र व्यक्तिगत रुपमा सहयोग गरिदिनको लागि समेत सबैलाइ आग्रह गरेका छन।साथै गाउँपालिकाको तर्फबाट प्रदेश सरकार र संघीय सरकारसंग पनि आफुले सहयोगको लागि पहल गर्ने धारणा राखे ।

बिरामी बन्दीपुरेकी श्रीमतिले पनि सहयोगको लागि अपिल गर्दै पुर्ब माओबादीलाइ सहयोग गर्दै बिद्यार्थी राजनितिमा लागेकाले अब आफ्नो श्रीमानलाइ सहयोग गर्नेमा आशाबादी रहेको धारणा राखिन। सहयोग गर्न इच्छुक महानुभावले समितिको नाममा तुल्सीपुर शाखाको ग्लोबल आइएमइ बैकको खाता नं ५७०१०१००००२५४ मा सहयोग जम्मा गरिदिन समेत अनुरोध गरिएको समितिका अध्यक्ष पतिज्ञा बुढा मगरले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार