• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको कछुवा दह (फोटो फिचर)


जेठ २८, सल्यान । सल्यानको एउटा चिनारी बोकेको कछुवा दह पनि हो । जिल्लाको कालिमाटी गाउँपालिका २ रामपुर ढोरेनीमा अवस्थित यो दह कुपिण्डे ताल पछिको सल्यानको दोस्रो ठुलो दह हो ।

२ सय ५० मिटर लम्बाईमा खुम्चिएको कछुवा दह संरक्षण्को अभावमा विस्तारै ओझेलमा पर्दै जान थालेको छ । जैविक विविधताले भरिपुर्ण दह आवश्यक संरक्षणको अभावमा पुरिदै जानथालेको हो । ढोरेनीमा रहेको कछुवा दह आसपासका डाँडाबाट बगेर आउने माटोको बहाव र बाढिपहिरोले गर्दा जिल्लाको दोस्रो ठुलो दह पुरिदै गएको छ ।

अव्यवस्थित रुपमा खनिएका मोटरबाटोबाट बगेर आउने माटोले जलाधार क्षेत्र पुरिदै गएपछि कछुवा दहको अस्तित्व संकटमा परेको हो । ताल संरक्षण तर्फ सम्बन्धित निकायले मौन बस्दा आन्तरिक तथा बाह्रय पर्यटक समेत घट्न थालेको स्थानीयहरुको भनाई रहेको छ ।

यस दह नजिकै देउती बज्यूको मन्दिर समेत रहेको छ । उक्त मन्दिर समेत आवश्यक संरक्षणको अभावमा जिर्ण बनेको छ । यस मन्दिरमा चिताएको पुरा हुने जनविश्वास रहेको छ । यसै मन्दिरका कारण प्रत्येक वर्ष शिवरात्रीको दिन रातदिन गरेर ३ दिन मेला लाग्ने गर्दछ ।

यहाँको दह अवलोकन गर्न सुरुसुरुमा दाङ, सुर्खेत, जाजरकोट, बाँके बर्दिया लगायतका क्षेत्रबाट पर्यटकहरु आउने गर्दथे । यस दहसँगै धार्मिक महत्व समेत रहेको मन्दिर तथा दह वरपर रहेका संरचनाको संरक्षण गर्नु पर्ने देखिन्छ ।

तस्बिरः बामदेव केसी

 

प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार