• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

तुलसीपुर-अमिलिया सडकखण्डको जंगलमा मोटरसाइकल रोकेर छुरी देखाई लुटपाट


जेठ २८, दाङ । तुलसीपुर-अमिलिया सडकखण्डमा पर्ने जंगलमा नेपालगन्जका एक दम्पती सोमबार राति लुटिएका छन् ।

नेपालगञ्जका अन्सार अन्सारी र उनको परिवारलाई बीच जंगलमा रोकेर ५ जना युवाहरुको समुहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस समूहले अन्सारी दम्पतीको साथमा रहेको ६ हजार नगद र १५ हजार पर्ने मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

रा ३ प ६५९३ नम्बरको मोटरसाइकलमा बाँकेबाट दाङको तुलसीपुरतर्फ आइरहेका अन्सारी दम्पतीलाई जंगलमा रोकेर त्यस समूहले लुटपाट गरेको बताइएको छ । लुटपाट गर्ने क्रममा उनीहरुले छुरी तथा घरेलु हतियार र लाठीसमेत देखाएर कसैलाई भने ज्यान लिने धम्की समेत दिएको अन्सारी दम्पतीले बताएको पीडितलाई उद्दृत गर्दै  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार