• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सुर्खेतमा टिपरको ठक्करबाट पत्रकारको मृत्यु


जेठ २९, सुर्खेत । सुर्खेतमा टिम्परको ठक्करबाट पत्रकारको मृत्यु भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका-८ को लोदेमा टिपरको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दु गेलाङको घटनास्थलमा नै मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी प्रमुख पहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

रुकुम पश्चिमकबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ ख १६८३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको पत्रकार गेलाङ सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकलालई ठक्कर दिँदा गेलाङको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते बुधवार