• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

दाङका पत्रकारहरुद्वारा वन क्षेत्रको अध्ययन अवलोकन


ओमप्रकाश गुप्ता / जेठ २९, देउखुरी  । दाङ देउखुरी क्षेत्रको वन क्षेत्रको बुधबार सञ्चारकर्मीद्वारा अवलोकन गरिएको छ । डिभिजन वन कार्यालय देउखुरी लमहीको आयोजनामा सञ्चारकर्मीहरू सँग अन्तरक्रिया गरि वन क्षेत्रको अवलोकन तथा अध्ययन गरिएको हो ।

जस अनुसार राप्ती गाउँपालिकाको वडा नम्बर १ मा रहेको रामजहदी सामुदायिक वन भालुवाङको प्रवेशद्वारा, पोखरी र सिमसार क्षेत्र, लमही नगरपालिका वडा नम्बर ३ मा रहेको जखेरा तालमा बनिरहेका संरचना, गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा रहेको सुर्य सामुदायिक वनको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम, पोखरी निर्माण, वन क्षेत्र त्यसै गरि गढवामा रहेको सवडिभिजन वन कार्यालयले उत्पादन गरेको नर्सरी र राजपुर गाउँपालिका वडा नम्बर ३ मा रहेको त्रिशक्ती सामुदायिक प्रतापपुरको वन क्षेत्र तथा शिवशक्ति सामुदायिक वन खरदरियाको वन क्षेत्र अवलोकन गरिएको थियो ।

अवलोकन गरिएको वनले गरेका गतिविधि, भावी योजना, समस्या र चुनौती लगायतका विषयमामा सम्बन्धित वनका अध्यक्ष तथा प्रतिनिधिहरूले जानकारी गराएका थिए ।

अध्ययन अवलोकन कार्यक्रममा डिभिजन वन कार्यालय देउखुरी लमहीका अधिकृत शंकरप्रसाद गुप्ता ,साहायक वन अधिकृत प्रेमीलाल शाह,लालबाबु यादव,देवीप्रसाद चौधरी, लेखा अधिकृत नारायण प्रसाद पोख्रेल, सवडिभिजन वन कार्यालयका साहायक वन अधिकृत शिवकुमार महतो, नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष लिला शाह, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपी घिमिरे ,पत्रकारहरू दशरथ घिमिरे, राधेश्याम गुप्ता, चुमा आचार्य, ओमप्रकाश गुप्ता, दिवाकर पोख्रेल, छवि पुरी, रिता लामा, सर्मिला बोहरा, देवी भण्डारी, शिवु खनाल, दुखहरण यादव, शिवराज खनाल, प्रियास्मृती गजुमेर, विनय चौधरी, श्रवण बस्नेत लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते बुधवार