• २०७८ भाद्र ३१ गते बिहिवार
  • Preeti To Unicode

कञ्चनपुर-बाँकेमा भिषण (हावाहुरी, चट्याङ र आगलागी): २ सय बढी घरमा क्षेती, आधा दर्जन घाईते


जेठ २९, कञ्चनपुर । कञ्चनपुर र बाँकेमा भिषण हावाहुरी र आगागीबाट २ सय भन्दा धेरै घरमा क्षेती पुगेको छ भने आधा दर्जनभन्दा धेरै घाईते भएका छन् ।

बुधबार कन्चनपुरको महाकाली नगरपालिकामा आएको हावाहुरीले स्थानीय बासिन्दाका दर्जनौँ घरको छाना उडाएको छ। हावाहुरीका कारण सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्टका अनुसार हावाहुरीले महाकाली नगरपालिमा मात्रै १६१ परिवारको घरको छना  उडाएको छ।

यसैगरी, बेलौरीमा दुई र त्रिभुवन वस्तीमा दुई गरी १६५ घरमा हावाहुरीले क्षति पुर्‍याएको छ। बेलडाँडी गाँउपालिकाका दुई, महाकाली नगरपालिकाका पाँच जना गरी सात जना घाइते भएका छन्। घाइते सबै जनाको नजिकका स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

यहाँ गत बिहीबार राति आएको हावाहुरीबाट २३ जना बढी घाइते भएका थिए। एक हजार पाँच सय बढी घरमा हावाहुरीले क्षति गरेको थियो।

यता बुधबार बिहान आएको हावाहुरी र चट्याङले बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्टयाङका कारण आगलागी हुँदा ३९ घरधुरी जलेर नष्ट हुनुका साथै एकजना स्थानीयबासी र एक चौपाया जलेर घाइते भएका छन् ।

घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए। चट्टयाङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो शुरु भएको थियो। आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ।

यसैगरी सोही समयमा बाँके खजुरा गाउपालिका वडा नं। ६ सिमलघारीमा स्थानीय गोरख विकको घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ। स्थानीय, प्रहरी र नेपालगञ्ज उप–महानगरको दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते बुधवार