• २०७९ मङ्सिर १६ गते शुक्रवार
  • Preeti To Unicode

दाङमा अपांग व्यक्तीहरुलाई अभिमुखिकरण र सहायक सामग्री दिइयो


पुर्ण केसी / जेठ २९, दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका ५ नम्बर  वडा कार्यालयको आर्थीक सहयोग तथा वडा स्तरिय अपांगता समन्वय समितिको आयोजना र राप्ती बहिरा संघ दाङको समन्वयमा अपांगता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण तथा अपांगता अधिकार सम्बन्धि अभिमुखिकरण कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।

५ नम्रब का वडा अध्यक्ष विरेन्द्र शाहको प्रमुख आतिथ्यता तथा वडास्तरिय अपांगता समन्वय समिति वडा नं. ५ का संयोजक बच्चचुराम परियारको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथि शाहले आफ्नो वडामा रहेका हरेक वर्ग र प्रकारका अपांगता भएका व्यक्तिहरुको ससम्मान अन्य व्यक्ति सरह समाजमा समान रुपमा बाँच्न पाउनु पर्ने बताएका छन् ।

उनले उक्त अधिकारको वडाले सम्मान गर्ने र हरेक वर्ष अपांगता भएका व्यक्तिहरुको हकहित र आयआर्जनमा सहयोग गरी स्वरोजगार तथा स्वाबलम्बी अपांगता भएका व्यक्ति बनाउनका लागि वडाले बजेट तथा कार्यक्रमहरु बनाउँदै अगाडि बढाउने बताए । उनले वडालाई अपांगता मैत्री वडा बढाउनका लागि आधारहरुको विकास गर्दै जाने कुरामा जोड दिए ।

कार्यक्रममा प्रशिक्षक द्वोय प्रतिमा शर्मा र देवा डाँगीले अपांग ता परिचयपत्र बनाउने प्रक्रिया, अपांगताको प्रकार,परिचयपत्रको महत्व, प्रकार, अपांगता अधिकार एैन तथा नीतिगत व्यवस्थाहरुको बारेमा सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा १ जनालाई ट्राईसाईकल, १ जनालाई ह्विलचियर, २ जनालाई बैशाखी र २ जनालाई एल्बो कर्चिच हस्तान्तरण गरिएको थियोे ।

उक्त कार्यक्रममा वडा सदस्य सावित्रा गुरुङ, वडा सचिव संजय गुप्ता , नवराज बस्नेत र सहभागी उमलाल बुढाथोकी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

समन्वय समितिका सचिव हरिकला भन्डारीले सहजिकरण गरेको उक्त कार्यक्रम ६० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते बुधवार