• २०७९ मङ्सिर १९ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा बाइक दुर्घटनामा परि एकजना घाइते


जेठ ३०, सल्यान ।  सल्यानमा बाइक दुर्घटनामा परि एकजना घाइते भएका छन् । जिल्लाकाे शारदा नगरपालिका ६ बरला नजिकै आज बिहान बाइक दुर्घटनामा परि दार्मा गाउँपालिका १ किमटाखुरा निवासी मदन बुढाथाेकी घाइते भएका हुन् ।

दार्माबाट श्रीनगरतर्फ आउदै गर्दा रा ४ प २१४५ नम्बरकाे आफै चलाएकाे बाइक अनियन्त्रीत भएर दुर्घटना भएकाे जिल्ला ट्रफिक कार्यालय सल्यानका प्रमुख ज्ञानेन्द्र शर्माले लेकाली अनलाइनलाइ बताए ।

घाइतेकाे अहिले श्रीनगर स्थित कान्तिपुर सामुदायीक अस्पतालमा उपचार भैरहेकाे छ । बिहान उनकाे अबस्था जटिल देखिएपनि अहिले सुधार हुँदै गएकाे र हाेसमा आएकाे अस्पतालका संचालक रामकृष्ण रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३० गते बिहिवार