• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

सल्यानमा रक्सी खाएर एक महिलाकाे लडेर मृत्यु !


जेठ ३०, सल्यान । सल्यानमा एक महिलाकाे बाटाेबाट लडेकाे अबस्थामा शव फेला परेकाे छ । जिल्लाकाे बागचाैर नगरपालिका ७ काेटबारा घर्तिगाउँ निवासी मनि घर्तीकाे बुधबार गाउँ नजिकै रहेकाे देउलीबोट खोलामा बाटाेबाट लडेकाे अबस्थामा शव फेला परेकाे हाे ।

बिहान १० बजेतिर घरबाट निस्किएकी उनि दिउँसाे ३ बजे मृत अवस्थामा फेला परेकाे इलाका प्रहरी कार्यालय थारमारेका प्रहरी प्रमुख लिलाभक्त बादेले लेकाली अनलाइनलाई जानकारी दिए । उनका अनुसार मृतकाे साथमा एउटा कुखुरा र गाेजीमा रक्सीकाे बाेतल फेला परेकाे छ । मृतक घर्तीले गाउँमै कुखुरा र रक्सी किनेर घर फर्किएकाे स्थानीयलाइ उद्दित गर्दै प्रहरीले जनाएकाे छ ।

स्थानीयका अनुसार उनले पहिलेदेखि रक्सी खाने र जथाभावी हिड्ने गरेकाे प्रहरीले उद्दित गरेकाे छ । रक्सी खाएरै लडेर हुनसक्ने उनले बताए । शवलाइ पाेस्टमार्टमकाे लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे छ ।

 

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३० गते बिहिवार