• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा बाँदर नियन्त्रण गरिदिनुपर्याे भन्दै स्थानीयहरुले नगरपालिकासँग गुहार मागे


सरिता चलाउने / जेठ ३०, सल्यान । सल्यानमा बाँदरले बालीनाली सखापपारेपछि स्थानीय चिन्तीत बनेका छन । जिल्लाको शारदा नगरपालीका वडा नम्बर ११ स्यालाको बिभिन्न स्थानमा लगाएको बालीनाली र नगदेबाली बाँदरले सखाब पारेपछि स्थानीय चिन्तीत भएका हुन्।

करिब एक बर्ष देखि बाँदरले बिगबिगी बनाउन थाले पछि स्यालाका ४२ घरपरिवार हैरान भएका छन। बाँदरले हैरानी पारेपछि बाँदर नियन्त्रण गरिदिन भन्दै स्थानीय वडा कार्यलय हुदै नगरपालीकासम्म धाएका छन । बिहीबार उनिहरू बाँदर नियन्त्रण गरिदिनु पर्याे भन्दै शारदा नगरपालिकाकाे कार्यालयमा आएका हुन् ।

करिब एक बर्षदेखि बाँदरले सताउन थालेपछि स्थानीयले गाउँ छोडनु पर्ने बाध्यता आउन थालेको भन्दै नगरपालीकामाआउनु परेको नन्दलाल महतराले बताए । स्थानीय बुद्धि प्रकाश महतरा, टुल्क महतरा, रबिलाल थापा र नन्दलाल महतरा लगायत ४२ घरपरिवारको बाली, नगदेबाली र अन्य फलफुलमा समेत बाँदरले सखाप पारिदिएको उनले बताए ।

बर्षामा मैकै बाली,  हिउँदमा गँहुबाली र फलफुल खाएर सखाप बनाएको उनिहरूले बताए । दिनमा करिब २ सय बाँदर आएर र यतिबेला भर्खरै लगाएर उम्रिन थालेको मकै र फलफुलमा क्षेति पु¥याएको उनले बताए ।

उनले भने, “बर्षभरी खानपुग्ने बालीनाली बाँदरले सखाप पारिदिएपछि वडा कार्यलय, नगरपालीका आउन बाध्य भएका छौ, हामीलाई क्षेतिपुर्ति चाहिदैन, नगरपालीकाले बादर नियन्त्रण गरिदिए हुन्छ ।”

बाँदर बाट हैरानी भएपछि खेति गर्न गाह्रो भएको र गरेको खेति समेत जोगाउन मुस्किल भएको अर्का स्थानीय रबिलाल थापाले बताए । जगंल नजिक भएकाले बाँदरलाई स्थानीयले नियन्त्रण गर्ने नसकेकाे उनकाे भनाइ छ ।

“वर्षभरी दुख गरेर केहि हुन्छकी भनेर खेती ग¥यो, यहि पनि बाँदरले हैरानी पार्छ”, उनले भने, “हामी त दिक्क नै भैसकेका छौ, लागाएको बालीनै बादरले सखाप पारे पछि केही उपाए छैन । कतैवाट कुन समयमा आउँछ थाहै हुन्न ।” बाँदरले यस्तै आतङक फैलाउदैगए आफुहरु गाउँ छोडन बाध्यहुने स्थानीय थापाले बताए।

यता शारदा नगरपालीका सल्यानले बाँदर नियन्त्रणको लागी पहल गर्ने बताएको छ । बन कार्यलय, सुरक्षानिकायको सक्रियतामा बाँदर नियन्त्रणका लागी पहल गर्ने नगरप्रमुख शुरेस अधिकारीले बताए । उनका अनुसार जंङ्गलीजनावरलाई तह लगाउन ईच्छा भएपनि आफुहरुसंग कुनै विकल्प नै नभएको हुदाँ बान्दर नियन्त्रणको लागी पहल गर्न गाह्राे भएकाे उनले बताए ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३० गते बिहिवार