• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

प्रधानमन्त्री रोजगारकाे बजेटले सल्यानकाे दार्मामा बृक्षारोपण लगाएतकाे काम गरिदै


जेठ ३०, सल्यान । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सल्यानको दार्मा गाउँपालीकाले प्रत्येक वडाबाट ३० जनाका दरले कामदार छानेको छ । ६ वटा आयोजनामा काम गर्नको लागी गाउँपालीकाले रोजगारीका लागी ६ वटा वडा बाट ३० जनाका दरले १ सय ८० जना कामदार छानिएका हुन ।

प्रथम चरणमा ति कामदारहरुले २९ लाखको छनौट गरिएका ६ वटा आयोजनामा काम गर्ने गाउपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए ।  गाउँपालीकाका विभिन्न आयोजनामा काम गर्ने गरी कामदार छानिएको उनले बताए ।

कार्यक्रमको शुभारम्भमा श्रमिकलाई आवश्यक पर्ने औजारहरु, सुरक्षित सामाग्रीहरु वितरण समेत बितरण गरिएको गाउँपालीकाअध्यक्ष केसीले बताए । छनोटमा परेका कामदारले सरसफाई, बृक्षारोपण, कल्भर्ट निर्माण, बाटो मर्मत, खानेपानी निर्माण, सिचाई पोखरी निर्माण, कुलो निर्माण, बगैचा निर्माण, पर्खाल निर्माण जस्ता कामहरु गर्नु पर्ने छ ।

यो आर्थिक बर्षको असारसम्मका आयोजना सक्नको लागी पहिलो चरणमा कामदार छानिएको र कामदारले न्युनतम दैनिक पारिश्रमिक ५ यस ७५ रूपैयाँ पाउने छन् भने ७ घण्टा काम गर्नुपर्ने छ ।

रोजगारीका लागि दार्मा गाउँपालीकामा ४ हजार ५०७ जनाले फारम भरेका थिए । त्यस मध्यबाट मापदण्ड अनुसार छनोट गर्दा एउटा वडामा २० जनालाई रोजगार दिने निर्णय भएको गाउँपालीकाले जनाएको छ  ।

रोजगारीका लागि विपन्न, कमजोर अवस्था भएका, एकल, दलित, जनजाति, उत्पादनले बर्षभरीको ३ महिनासम्म खान नपुग्ने, कृषिमा आश्रीत परिवार, समुदायमा कोही पनि सदस्यले न्यूनतम रोजगारी नपाएको सदस्यलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समाबेश गरिएको गाउापालीका उपाध्यक्ष टिका शर्मा वलीले बताइन ।

उनका अनुसार छनोटमा परेका योजना मध्य कामदारहरुले कृषि, सहकारी तथा पशु विकास अन्तर्गत सित भण्डार निर्माण, कृषि उपजको ‘प्रोशेसिङ प्लान्ट’ निर्माण, परम्परागत र प्लास्टिक पोखरी निर्माण, कृषि उपजको संकलन तथा बेचबिखन केन्द्र निर्माण, पर्ती जग्गामा खेती, खाली जग्गामा फलफूलका विरुवा रोप्ने, सामूहिक तथा सहकारी खेती, व्यावसायिक खेती तथा पशुपालन, कृषि वन कार्यक्रम, सहकारी संस्था लगायतका बारेमा काम गर्ने छन ।

यस्तै उनिहरुले ऊर्जा, सिँचाइ तथा नदी नियन्त्रण, कूलो, बाँध, पैनी तथा नहर निर्माण एवं मर्मत सम्भार, जलविद्युत् आयोजना र ट्रान्समिसन लाइन निर्माण तथा मर्मत सम्भार, नदी नियन्त्रण, पहिरो नियन्त्रण, खानेपानी तथा सरसफाइ, मुहान संरक्षण, पाइप बिछ्याउने, ट्याङ्कीनिर्माण, धारा निर्माण, सरसफाइ अभियान, शौचालय निर्माण, ढल निर्माण तथा मर्मत सम्भारका क्षेत्रबाट रोजगारी प्रदान गर्न सकिनेछ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३० गते बिहिवार