• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

महिलालाई थप्पड हान्ने सांसद पक्राउ


जेठ ३१, काठमाडौं । केन्यामा एक सांसदले आफ्नी महिला साथी सांसदलाई थप्पड हानेपछि पक्राउ गरिएको छ ।

थप्पड हान्ने सांसदको नाम राशिद कासिम हो र जुन महिला सांसदलाई थप्पड हानिएको छ उनको नाम फातुमा गेडी हो ।

रिपोर्टका अनुसार फातुमाले राशिदको संसदीय क्षेत्रका लागि रकम विनियोजनक नगरेका कारण उनलाई थप्पड हानिएको बताइएको छ ।

घटना पछि फातुमा गेडीका ती तस्बिर ट्वीटरमा सेयर गरिँदै छ जसमा उनी रोइरहेको देखिएकी छिन् । उनको मुखबाट रगत पनि निस्किएको देखिएको छ ।

फातुमाको पिटाईपछि महिला सांसदले आफ्नो विरोध जताउनका लागि संसदबाट बाहिरिएका थिए ।

मिडिया रिपोर्ट अनुसार राशिदले फातुमालाई संसद भवनको कार पार्किङमा थप्पड हानेका हुन् ।
उनी फातुमालाई उनको संसदीय क्षेत्रका लागि रकम विनियोजन किन नगरेको भन्दै प्रश्न गरिरहेका थिए ।

सांसद सबिना वान्जिरु चेगले बीबीसीसँगको कुराकानीमा घटनाको विषयमा पुरुष सांसदले महिला सांसदको मजाक उडाएको जानकारी दिइन् ।

सबिनाले भनिन्, ‘केही पुरुष सहकर्मी हामी भए ठाउँ आएर हामीमाथि हाँस्न थाले र आज ‘थप्पड दिवस’ भएको बताउन थाले । उनीहरुले महिलाको व्यवहार ठिक हुनुपर्ने र पुरुषको अगाडि कसरी प्रस्तुत हुने भन्ने विषयमा जानकार हुनुपर्ने बताए ।’

सबिना वान्जिरुले भनिन्, ‘हामी सबै सांसद हौं र हामीहरु उनीहरुभन्दा कुनै पनि हालतमा कमजोर छैनौं ।’

उक्त घटनापछि सबै महिला सांसद रिसाउँदै संसदबाट बाहिरिए र राशिद कासिमको गिरफ्तारीको माग गरे ।
पछि कासिमलाई हिरासतमा लिइयो ।

अभियुक्त सांसद राशिद कासिमको यो मामलामा कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

उक्त घटनापछि केन्याको सोसल मिडियामा उनीमाथि कडा कारवाहीको माग भइरहेको छ । -एजेन्सी

प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते शुक्रवार