• २०७९ मङ्सिर १८ गते आइतवार
  • Preeti To Unicode

सल्यानको शारदा नगरपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड


जेठ ३१, सल्यान । सल्यानको शारदा नगरपालिकामा प्रथम राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । खलङ्गामा बिहीबार उद्घाटन गरिएको शिल्डमा नगर भित्रका डेढदर्जन सरकारी र निजि माबी हरुले प्रतियोगितामा भाग लिएका छन् ।

शारदा नगरपालिकाको आयोजनामा र जिल्ला खेलकुद विकास समितिको सह आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिताको उद्घाटन शानपा प्रमुख शुरेश अधिकारिले गरेका हुन । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै अधिकारिल खेलकुद राष्ट्र निर्माणको एउटा अङ्ग भएको भन्दै स्वस्थ र उर्जाशिल व्यक्तित्व निर्माणमा यस्को महत्वपुर्ण भुमिका रहने उल्लेख गरे

कार्यक्रममा बोल्दै उपप्रमुख साबित्रा बस्नेतले खेलकुदमा मित्रवत प्रतिश्पर्धा हुने भन्दै यो भावनाको बिकासले समाज लाई पनि सुन्दर बनाउन प्रेरित गर्ने धारणा राखिन । शारदा नगर पालिकाका शिक्षा प्रमुख वीर बहादुर सेजवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शानपा १५ नम्बर वडाका अध्यक्ष हिमेन्द्र बाबू सेजवालले स्वागत मन्तव्य राखेका थिए ।

“स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद ” भन्ने नारा सहित शुरू भएको प्रथम नगरपालिका स्तरीय रास्ट्रपति रनिङ सिल्डमा ज्याप्लिङ थ्रोमा एम एम एकेमी खलंगा सल्यानका छात्र जितेन्द्र बिस्ट प्रथम, २०० मिटर दौडमा छात्र सन्दिप कवर द्वितिय र छात्र कपर्दी खेलमा एम एम एकेडेमी खलंगा सल्यानले त्री.ज. मा.बि लुहापिङ खलंगा र मोर्डन तुल्सी एकेडेमी शितलपाटीलाई हराउदै फाइनलमा प्रबेश गरेको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते शुक्रवार