• २०७८ असोज ७ गते बिहिवार
  • Preeti To Unicode

सेवाग्राहीसँग घुस लिँदालिँदै दाङमा वन अधिकृत रंगेहात पक्राउ


जेठ ३१, दाङ । सेवाग्राहीसँग घुस लिँदालिँदै दाङमा एक वन अधिकृत अख्तियारको फन्दामा परेका छन्। दाङको बेला सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाहलाई घुस लिँदालिँदै शुक्रबार अख्तियारले रंगेहात पक्राउ गरेको छ।

शाहले सेवाग्राहीसँग २० हजार घुस लिँदालिँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेपालगञ्जको टोलीले लमहीको एक जुस पसलबाट पक्राउ गरेको हो। सामुदायिक वन दर्ता सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका शाहमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको अख्तियार अनुसन्धान आयोग नेपालगञ्जले जनाएको छ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते शुक्रवार