• २०७९ मङ्सिर १४ गते बुधवार
  • Preeti To Unicode

कर्णाली प्रदेशका २ सय भन्दा धेरै खेलाडीले सल्यानमा तेक्वान्दो खेल्दै (भिडियो सहित)


जेठ ३२, सल्यान । सल्यानमा जारी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा कर्णाली प्रदेशबाट २ सय भन्दा धेरै खेलाडीहरुको सहभागीता भएको छ । हिजो खलंगा टुडिखेलमा उद्घाटन भएको प्रतियोगीतामा मुग जिल्ला बाहेक कर्णालीका ९ वटा जिल्लाका खेलाडीहरुको सहभागीता रहेको छ ।

प्रतियोगिता आज साँझसम्म सकिने कर्णाली प्रदेश खेलकुद विकास समितीले जनाएको छ । समितीका अनुसार अहिलेसम्म वइट क्याटोगोरीमा ६ वटा खेल सम्पन्न भएका छन् । अहिले सिंगल इभेन्टको खेल जारी छ ।

हेर्नुहोस् भिडियो

हिजो प्रतियोगिताको उद्घाटन शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी लगाएतका व्यक्तीहरुले गरेका हुन् । कार्यक्रमलाई सम्बोधनका क्रममा नगरप्रमुख अधिकारीले खेलको क्षेत्रबाट देशलाइ चिनाउनुपर्न बताएका छन् । उनले यदि देश तथा समाजका लागि केहि गर्न नसकेपनि खेलाडीले अफ्नालागी पनि काम गर्नुपर्ने बताए ।

कार्यक्रमका अर्का अतिथी प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले खेलले मानिसलाइ अनुशासनमा राख्ने बताएका छन् । खेलले अनुशासित व्यक्ती जन्माउने भएकाले इमान्दारीताका साथ खेल्न खेलाडीलाइ अनुरोध गरेका छन । उनले आफु कुनै समय फुटबलको किपर भएर खेलेको भन्दै खेल र खेलाडीप्रति आफु नजिकको सम्बन्ध राख्ने भन्दै खेलाडीलाइ सबैले सहयोग गर्नुपर्न बताए ।

कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघकी केन्द्रिय सदस्य नन्दा वस्याल, जिल्ला खेलकुद विकास समिती सल्यान अध्यक्ष जयराम सिंह लगायतले सम्बोधन गरेका थिए ।   सिराम बिकले संचालन गरेको उद्घाटन कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक गोपाल भण्डारीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते शनिवार