• २०७८ असोज ११ गते सोमवार
  • Preeti To Unicode

तुलसीपुरका मेयर घनश्याम पाण्डेलाई वडा अध्यक्षले लगाए ३५ लाखको आरोप


जेठ ३२, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा  नं. १३ का वडा अध्यक्ष डम्मरबहादुर न्यौपानेले मेयर घनश्याम पाण्डेले आफ्नो वडामा परेको गौरवको योजनामा टेन्डर नै नखोलेको आरोप लगाएका छन् । शनिवार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष न्यौपानेले आर्थिक वर्ष २०७५/०७६ को वडाले पाउनु पर्ने नगर सभावाट पारित ३५ लाख बजेट नपाएको गुनासो गरेका हुन ।

सात लाख बढीको विकासे काम गर्दा उपमहानगरपालिकाले नै टेन्डर आह्वान गर्नुपर्ने भएपनि गौरवको योजनामा राखेको राप्ती राजमार्गदेखि पनालीबोट सम्म सडक कालोपत्रे तथा स्तरउन्नतिको लागि छुट्याइएको बजेट मध्य ३५ लाख नदिएको वडा अध्यक्ष न्यौपानेले बताए । पटक/पटक कार्यपालिका वैठकमा कुरा उठाउँदा समेत सुनुवाई नभएपछि आफु बाध्य भएर मिडिया समक्ष आएको पत्रकार सम्मेलनमा न्यौपानेले बताए ।

‘मेरो वडाको गौरवको योजना नै गायव पारिएको छ । नगरकै विकट १३ नं.वडालाई झनै पछाडि धकेल्ने षडेन्त्र भएको छ,’ न्यौपानेले भने ‘अविलम्व सडक स्तरउन्तिको लागि टेन्डर आह्वान हुनुपर्छ । मलाई र जनतालाई झुक्याउने खेल बन्द हुनुपर्छ।’ राप्ती राजमार्गदेखि पनाली बोट सडक खण्डको स्तरउन्ति हुने आशामा बसेका जनता आर्थिक बर्ष सकिनै लाग्दा समेत तुलसीपुरका मेयरले टेन्डर आह्वान नगर्दा निराश भएको वडा अध्यक्ष न्यौपानले बताए ।

उनले मेयरको झुक्याउने तथा गौरवको योजना नै गायव पोर्न कार्यले जनता निराश र आक्रोसित बनेको जानकारी दिए । सडकको स्तरउन्तिको काम यही असार मसान्तसम्म सक्नेगरि अविलम्व टेन्डर आह्वान गर्न मेयर पाण्डेलाई आग्रह गरेका न्यौंपानेले अन्यथा त्यसवाट उत्पन्न हुने परिनामको सम्पूर्ण जिम्मेवारी नगरप्रमुख पाण्डेले लिनुपर्ने दाबी गरे ।

पत्रकार सम्मेलन नेपाल प्रेस यूनियन दाङका उपाध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको हो । कार्यक्रममा नेपाल प्रेस यूनियनका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ, यूनियनका पूर्व जिल्ला अध्यक्ष सुशील बस्नेतको उपस्थितिमा भएको पत्रकार सम्मेलको  सहजीकरण यूनियनका जिल्ला कोषाध्यक्ष प्रकाश डाँगीले गरेका थिए । न्यौपाने नेपाली काँग्रेसवाट निर्वाचित वडा अध्यक्ष हुन ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते शनिवार