• २०७८ असोज ८ गते शुक्रवार
  • Preeti To Unicode

घर फर्कने १८ दिन बाँकी हुँदा सल्यान कोटमौलाका एक युवकको मलेसियामा मृत्यु


जेठ ३२, सल्यान । सल्यानका एक युवकको मलेसियामा बाइक दुर्घटनामा परि मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका ९ कोटमौला (डाँगीगाउँ कमलपोखरी)का २८ बर्षका सालिकराम डिसीको शुक्रबार राती मलेसियास्थित नेग्रीसेम्बिलन जिल्लाको आएरकोनी भन्ने ठाँउमा बाइक दुर्घटनामा परि मृत्यु भएको परिवार श्रोतले जनाएको छ ।

उनि विगत ३ बर्षदेखि दुर्घटना भएको नजिकै एक कुखुरा फर्ममा काम गर्दथे । फर्मको काम सकेर कोठामा फर्कने समयमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको उनका ठुलाबुबाका छोरा भरत डाँगीले बताए ।

आर्थिक अवस्था ज्यादै न्युन भएका उनको घर फर्कने जम्मा १८ दिन बाँकी थियो । अहिले यता उनको घर परिवार सोकमा डुबेको स्थानीय प्रकाश डाँगीले बताए । मृतकका आमाबुबा, श्रीमती, एक छोरा, एक भाई र एक बहिनी रहेका छन् ।

उनको शव अहिले मलेसियामा अस्पतालमा राखिएको छ भने दुतावास र कम्पनीबाट कागजपत्र मिलाइसकेपछि घर फर्काउने तयारी भएको मलेसियास्थित उनका साथिले जनाएका छन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते शनिवार